काठमाडौँ –बलिउडकी ‘आइटम गर्ल’ राखी सावन्त पूर्वपति आदिल खान दुर्रानी उजुरीमा पक्राउ पर्ने सम्भावना बढेको छ ।
उनीमाथि आदिलले केही समयअघि सेशन कोर्ट मुम्बईमा राखी विरुद्ध उजुरी दिएका थिए । उनले आफ्नो केही निजी कुरालाई प्रचार गरेको आरोप लगाएका थिए भने राखीले आफ्नो ‘सेक्सुअल भिडियो’ लिक गरेको आरोपसमेत लगाएका थिए ।
आफूमाथि उजुरी परेपछि राखीले कोर्टमा आफूलाई गिरफ्तारी नगर्न माग गर्दै दिएको निवेदन खारेज भएपछि राखि पक्राउ पर्ने सम्भावना बढेको हो ।
उनले आफ्ना पूर्व पतिको भिडियो ‘सर्कुलेट’ गर्नु गलत भएको अदालतको ठहर गरेको छ । आदिलले पनि राखीले आफ्नो सेक्सुअल भिडियो ‘सर्कुलेट’ गर्नु खराब काम भएको बताए ।
राखीमाथि यस किसिमको मुद्धा पहिलेदेखि नै ‘पेन्डिङ’ छ । यस कारण उनको जमानत याचिका खारेज गरिएको छ । सेशन कोर्टका न्यायधीस श्रीकान्त भोसलेले यो मुद्दामा कसैलाई पनि छुट दिनु सही नहुने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया