मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चीनले प्रक्षेपण गर्‍यो विश्वकै सबैभन्दा शक्तिशाली ठोस इन्धन रकेट

काठमाडौँ – चीनले विश्वको सबैभन्दा शक्तिशाली ठोस इन्धन रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

समाचार संस्था सीजीटीएनका अनुसार चीनको निजी एयरोस्पेस कम्पनी ओरिएन्स स्पेसले ग्र्याभिटी–वान ‘वाईएल–१’ रकेट बिहिबार प्रक्षेपण गरेको  हो । रकेट चिनियाँ समयअनुसार बिहीबार साढे १ बजे रकेट प्रक्षेपण गरिएको थियो ।

पूर्वी चीनको शानदोङ प्रान्तको हाइयाङ शहरको तटबाट  प्रक्षेपण भएको उक्त रकेटले तीन वटा भूउपग्रह अन्तरिक्षमा तैनाथ गरेको छ ।

उक्त रकेटले तीन वटा युन्याओ – १ मौसम विज्ञान उपग्रहलाई सफलतापूर्वक पृथ्वीको कक्षमा तैनाथ गरिदिएको हो ।  रकेट ग्र्याभिटी–१ को उचाइ करिब ३० मिटर भएको बताइएको छ ।

यस रकेटले १०० किलोग्रामभन्दा बढी तौलका धेरै उपग्रहहरू र करिब ३ देखि ४ टन तौलको सानो कार्गो अन्तरिक्ष यान प्रक्षेपण गर्न सक्छ ।

साथै यसले लगभग ६ हजार ५ सय किलोग्राम पेलोड बोकेर अन्तरिक्षमा लैजान सक्छ ।

 करिब ४०० टनदेखि ६०० टन तौल भएको यो रकेट निजीक्षेत्रको सबैभन्दा शक्तिशाली रकेट पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?