मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दुई दशकपछि पुनरागमनको तयारीमा पूजा चन्द

काठमाडौँ – नेपाली चलचित्र क्षेत्रको एक समयकी चर्चित अभिनेत्री पूजा चन्द दुई दशक पछि फिल्ममा पुनरागमनको तयारीमा छिन् ।

पूजालाई महत्त्वपूर्ण भूमिकामा लिएर विनोद पौडेलले यति बेला अमेरिकाको ओहायोमा फिल्म ‘भूठान’ निर्देशन गरिरहेका छन् ।

हरिवंश आचार्य, दयाहाङ राई र हलिउड अभिनेता ब्रुस डर्नको समेत अभिनय रहेको यही चलचित्र मार्फत पूजा २० बर्से ग्याप पुर्ने तयारीमा छिन् । पछिल्लो पटक उनी सन् २००४ मा आएको फिल्म ‘मनको टुक्रा’मा देखिएकी थिइन् ।

मिडियासँगको कुराकानीमा चन्दले पौडेलले ‘भूठान’मा अभिनयको अप्रोच गर्दा आफूलाई सरप्राइज महसुस भएको बताएकी छन् ।

यस फिल्ममा नयाँ अनुभव गर्न समेत पाएको बताएकी उनले भनिन् – ‘मैले फिल्मी करिअरमा कहिल्यै वर्कसप भन्ने गरेको थिइनँ । यहाँ मैले यो नयाँ कुरा सिक्ने मौका पाएँ । यो मेरो लागि एकदमै फरक अनुभव हो ।’

‘आफूलाई रिभाइभ गर्न कलाकारको रूपमा कसरत, अभिनयका लागि ध्यान गर्न पाउँदा पूर्ण रुपमा भिन्न यात्रा भएको छ मेरो लागि अहिले,’ मिडियासँग उनले भनेकी छिन्– ‘अहिले नयाँ पुस्ता फिल्ममा आएको छ । उहाँहरूको मेकिङ पूर्ण रुपमा भिन्न छ । ’

अहिलेको पुस्तामा अभिनेत्रीद्वय सुरक्षा पन्त र स्वस्तिमा खड्काको अभिनयबाट प्रभावित रहेकी पूजालाई अभिनेतामा भने प्रदीप खड्काको काम मन परेको छ ।

विगत १९ वर्षदेखि अमेरिकामा रहँदै आएकी उनले अमेरिका यात्रासंगै फिल्मसँग पनि दूरी बढ्दै गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?