मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस,देशभर सार्वजनिक विदा

काठमाडौँ – आज ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइँदै छ ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै यो दिवस मनाइन्छ । पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबिच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए ।

शाहले सुरु गरेको एकीकरण अभियानले नेपाल राज्यको सिमाना पूर्वमा टिस्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो। नेपाल अङ्ग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भूभाग नेपालको अधीनमा थियो।

उनले दिएको दिव्योपदेश हो या राष्ट्र निर्माणमा गरेको योगदान एउटा स्वाधीन नेपालीका लागि सदा स्मरणीय बन्दा  राष्ट्र निर्माणको उनको अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका थिए ।

यसैको सम्झनामा दिवस मनाएर उनी प्रति  श्रद्धा सुमन व्यक्त गरिँदै आइएको छ । 

पछिल्ला वर्षमा उनको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ ।

उनको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रका विभिन्न विशिष्ट व्यक्तिहरूले शुभकामना सन्देश  दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?