काठमाडौँ – आइसिसी यु–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ ।
बिहीबार साँझ सम्पन्न खेलमा नेपालले नामिबियालाई ६ रनले हराएको हो । दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको यो लगातार दोस्रो जित हो ।
बर्षाको कारण ३० ओभरमा छोट्टाइएको खेलमा जितको लागि नेपालले १ सय ४२ रनको लक्ष्यसहित दिएको थियो । तर मैदान उत्रिएको नामिबिया २९.५ ओभरमा ३५ रन बनाउँदा अल आउट भयो ।
उसका लागि कप्तान बसिंग वोल्स्चेंकले ४९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए ।
नेपालका गुलशन झाले र आकाश चन्दले ३–३ विकेट लिए भने दुर्गेश गुप्ताले ६ ओभरमा २२ रन खर्चेर २ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४१ रन बनाएको थियो ।
नेपालका लागि दिपक डुम्रेले ३२ रन, आकाश त्रिपाठीले २१, विपिन रावलले २० उत्तम थापा मगर १२, विशाल बिक्रमले केसि १४ र दिपक बोहराले १५ बनाए ।
नामिबियाका जे करिआटा, जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान २–२ विकेट लिए ।
नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई १ सय ३५ रनले हराएको थियो । नेपालले भोलि स्कटल्यान्ड र मङ्गलवार वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया