काठमाडौँ – फिल्म ‘एक मुठ्ठी बादल’मा अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा देखिने भएकी छन्।
सहारा शर्माको लेखन र निर्देशन रहेको फिल्मको विहिबार पोष्टर सार्वजनिक भएको हो । जसमा सारी लगाएकी आँचललाई गम्भीर रुपमा देखिन्छ।
फिल्ममा अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेनाको प्रस्तुति छ भने यहि फिल्मबाट सहयोगराज अधिकारीले डेब्यु गर्दै छन्। फिल्मले पारिवारिक कथावस्तु समेटेको बताईएको छ ।
यसमा केही अप्रत्याशित र दुर्भाग्यपूर्ण घटनापश्चात् आमा र उनको परिवारले वर्षौंदेखिका रहस्य र कुण्ठा कसरी सामना गर्न बाध्य हुन्छन् भन्ने कथा छ ।
फागुनमा फ्लोरमा जाने यो फिल्ममा गौँथली इन्टरटेनमेन्ट र अन्डरग्राउन्ड टकिजको सहकार्य रहेको छ ।
एक मुठ्ठी बादलको स्क्रिप्ट भारतको फिल्म बजार अनलाइनको प्रोडक्सनमा छनोट भएको थियो। साथै आपेनडोर्स, कान्स र रोटेरडम फिल्म मार्केटमा पनि पिचिङ भइसकेको छ।
यसअघि सहाराको निर्देशनमा बनेको ‘इन्द्रेणी खोज्दै जाँदा’ किम्फ र टोरन्टो नेपाल फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल भइसकेको छ।
गौँथली इन्टरटेनमेन्टबाट फिचर फिल्म ‘बर्दिया सुन्दरी’ समेत बनिसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया