मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईको शरीरमा रगतको कमी छ, यी खानेकुरा सेवन गर्नुस्

काठमाडौं । यदि तपाई आफ्नो शरीरमा रगत बढाउन चाहनुहुन्छ भने चुकन्दर, अमला र गाजरको सेवन गर्नुपर्छ । यसमा प्रशस्त मात्रामा आइरन पाइन्छ । यसका साथै अमलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ ।

जसले यी तीन वटा एकसाथ सेवन गर्छ, उनीहरुको शरीरमा रगतको मात्रा छिटो बढ्छ । यसको सेवन गर्नका लागि सबैभन्दा पहिले अमला, गाजर र चुकन्दर लिने र त्यसपछि यसको जुस बनाएर पिउनुपर्छ । यी तीनको जुस मिसाएर पिउँदा शरीर स्वस्थ रहन्छ ।

शरीरमा छिटो रगत बढाउनका लागि पनि कालो तिललाई निकै फाइदाजनक मानिन्छ । यसमा जिंक, सेलेनियम, कपर र आइरन प्रचुर मात्रामा पाइन्छ । यसका साथै यसमा भिटामिन बी ६ को गुण पनि पाइन्छ, जसले रगत बढाउन मद्दत गर्छ। यसका लागि तपाईंले एक चम्चा कालो तिललाई राम्ररी भुन्नु पर्छ र त्यसपछि त्यसमा एक चम्चा मह र घिउ मिसाएर पीस्नु पर्छ। यसपछि तिलको धुलोबाट लड्डू बनाएर सेवन गर्नुहोस् ।

नेभारा, किसमिस र खजूरको सेवन पनि शरीरमा द्रुत गतिमा रगत बढाउनका लागि निकै लाभदायक मानिन्छ । भिटामिन ए, सी, कपर, आइरन र म्याग्नेसियम यी तीनमा पाइन्छ, जसले रगत बढाउन मद्दत गर्छ। यसको सेवन गर्नका लागि सबैभन्दा पहिले दुईवटा नेभारा, दुईदेखि तीनवटा खजूर र एक चम्चा किशमिशलाई रातभर पानीमा भिजाउनु पर्छ । भोलिपल्ट बिहानको खाजामा खानुपर्छ ।

शरीरमा रगत बढाउनको लागि अनार भन्दा राम्रो विकल्प सायदै नै हुन सक्छ । यसका लागि दैनिक एउटा अनार खानुपर्छ । यसमा प्रशस्त मात्रामा आइरन हुन्छ र यसले शरीरमा रगतको कमीलाई पनि हटाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?