मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बुढ्यौली अवस्थामा पुगेपछि हात किन काम्छ ?

काठमाडौं । अधिकांशलाई बुढ्यौलीमा पुगेपछि हात काम्छ । हुन त डर, तनाव, न्युन रक्तचाप, एन्जाइटी ‘चिन्ता’ जुनसुकै उमेर समूहका व्यक्तिको पनि हात वा शरीर काम्छ । यद्यपि बुढ्यौलीमा हात काम्ने कारण भने फरक छ । यस किसिमको समस्याले गर्दा उनीहरुलाई सामान्य कामकाज गर्न पनि कठिन भइरहेको हुन्छ ।

जस्तो ब्रस समाएर दाँत माझ्न, चम्चा वा हातले कुनैपनि खानेकुरा खान, औषधि खान, लुगाफाटो लगाउन असहज हुन्छ । यस किसिमको अवस्थालाई ‘मुभमेन्ट डिसअर्डर’ भनिन्छ । अर्थात् शरीरका अंग खासगरी हातले सही रुपमा काम गर्न नसक्नु हो । हात, खुट्टा र मस्तिष्कबीच आपसमा जोडिने स्नायु प्रणालीले शिथिलता आएपछि यस्तो हुन्छ । हाम्रो इन्द्रियहरुले गर्ने कुनैपनि कामका लागि मस्तिष्कको नियन्त्रण र निर्देशन जरुरी हुन्छ ।

यसका लागि शरीरका ती अंग र मस्तिष्कबीच स्नायु प्रणालीले संचारको आदान–प्रदान गर्छ । जब कुनै अंगसँग जोडिने स्नायु प्रणालीले राम्ररी काम गर्दैन त्यसको प्रभाव सो अंगमा पर्छ । बुढ्यौलीमा हात काम्नु पनि यही एउटा कारण हो । दीर्घकालिन तवरमा बुढ्यौलीमा हातखुट्टा काम्नुको एउटा मुख्य समस्यालाई हामी पार्किन्सन्स् रोग भनेर बुझ्छौं ।

एक रिपोर्ट अनुसार अल्जाइमरपछि बुढ्यौलीमा लाग्ने दोस्रो मूख्य रोग हो, पार्किन्सस् । के अनुमान गरिन्छ भने विश्वभरमा सातदेखि दश करोड व्यक्तिलाई यसले सताएको छ । पार्किन्सन्स् रोग के हो रु शरीरको क्रियाकलाप नियन्त्रण गर्न मस्तिष्कमा ‘बेसल गेन्गलिया’ भन्ने भाग हुन्छ । बढ्दो उमेरसँगै सो भागको स्नायु कोषिकाहरू या त मर्छन् वा क्षयिकरण हुँदै जान्छन्, जसले गर्दा डोपामिन रसायन उत्पादन गर्ने क्षमता पनि प्रभावित हुन जान्छ ।

डोपामिन उत्पादनको कमीले हात–खुट्टा काँप्ने मात्र नभइ शरिर सुस्त हुँदै जाने, बोली लर्बराउने, शरीरले काम गर्न नसक्ने हुन्छन् । जसका कारण शरीरका मांसपेशी, हाडजोर्नी लगायतका अंग प्रभावित हुन्छन् । यो रोग ४० वर्ष पछिका प्रति एक लाखमा ४१ जना र ८० वर्षमाथिका प्रति दश लाखमा १९ सयभन्दा बढी मानिसमा देखिन्छ । बढ्दो छ समस्या विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार विश्वव्यापी रुपमा २५ वर्षयता यो रोग लाग्नेको संख्या दोब्बरले वृद्धि भएको छ ।

सन् २०१९ मा भएको तथांङ्कले यसै भन्छ । अन्य नसा रोग भन्दा यो रोगबाट अशक्त हुने र मृत्यु हुने संख्या बढ्दो छ । किन यस्तो हुन्छ रु यस रोग लाग्नुको कारण अझै पनि पत्ता लाग्न सकेको छैन । यद्यपि यस रोग लागेका व्यक्तिमा मांसपेशीका चाल नियन्त्रण गर्न अत्यावश्यक रहेको डोपामिन नामक रसायन बनाउने स्नायुकोष क्रमिक रूपमा क्षय हुँदै वा मर्दै जान्छन् ।

डोपामिन एक रासायनिक सूचक हो, जसले मस्तिष्कको दुई क्षेत्रहरू बीच गतिविधि समन्वय गर्न संकेतहरू पठाउँछ । यदि यस क्षेत्रमा डोपामिनको कमी छ भने, व्यक्तिले आफ्नो चाललाई निर्देशित गर्न वा नियन्त्रण गर्न असमर्थ हुन्छ । फलस्वरूप पार्किन्सन्स् लागेका व्यक्तिको मस्तिष्कमा डोपामिनको मात्र ज्यादै कम हुन्छ ।

जसकारण मस्तिष्कको कार्यमा दखल पुग्छ । चाल नियन्त्रण गर्ने स्नायुकोषहरूको कार्य क्षमतामा ह्रास आइ शारीरिक क्रियामा असन्तुलन पैदा हुन्छ । शरीर लर्बराउने, जिउ कडा हुने वा चल्न गाह्रो हुनेजस्ता समस्याका कारण दैनिक जीवनयापनमा समेत असहजता पैदा हुन्छ ।

नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार पार्किन्सन्स्मा नो्रईपिनेफ्रीन रसायन उत्पादन गर्ने स्नायुलाई पनि असर गर्छ । नोरईपिनेफ्रीनको मुख्य काम भनेको मुटुको धड्कनको दर र रक्तचापलाई नियन्त्रण गर्नु हो । नोरईपिनेफ्रीन रसायन कम हुँदै गएमा बस्दा र उठ्दा रक्तचाप गडबड हुने र पाचनप्रणालीमा असर गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?