मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

होन्डाले ल्यायो सुटकेस जस्तै मिनी इलेक्ट्रिक स्कुटर

काठमााडौं – होन्डाले सुटकेस जस्तै देखीने सानो आकारको मिनी इलेक्ट्रिक स्कुटर देखाएको छ । मोटोकम्प्याक्टो नामले आउन लागेको यो स्कुटरलाई फोल्ड गरेर सुटकेसकै रुपमा गाडीको बुटमा सजिलै राख्न सकिन्छ ।

यसमा दिइएको ह्यान्डल बार, फुट पेग र साइड स्ट्यान्डलाई इलेक्ट्रिक स्विचको साहयतामा सजिलै फोल्ड र अनफोल्ड गर्न मिल्ने जनाइएको छ ।

यो मिनी स्कुटरमा होन्डाले ६.८ एम्पियर आवरको ब्याट्री र ४९० वाटको मोटर जडान गरेको छ । जसको टर्क १६ एनएम छ भने यसलाई एकपट फुल चार्ज गरेपछि १९ किलोमिटर चलाउन सकिन्छ । स्कुटरको टप स्पिड २४ किलोमिटर प्रतिघण्टा रहेको छ ।

यसको ब्याट्रीलाई चार्ज गर्न अनबोर्डमा १५ एम्पियरको आउलेट दिइएको छ । जसको साहयतामा ३.५ घन्टामा स्कुटरको ब्याट्री फुल चार्ज गर्न सकिन्छ । यसको तौल जम्मा १९ किलोग्राम रहेको छ ।

हेर्दा चिटिक्क सानो सुटकेसको आकारमा रहेको यस मिनी इलेक्ट्रीक स्कुटरको मूल्य ९९५ अमेरिकी डलर मूल्य निर्धारण निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?