मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली बजारमा आकर्षक मूल्यमा ‘जिहो’ भित्रियो

काठमाडौं – नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘जिहो’ भित्रिएको छ । सीएफ मोटोको ईभी सब–ब्रान्ड जिहोको नयाँ स्कुटर एई ८ नेपाली बजारमा उपलब्ध भएको हो । बिहीबार एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरिएको छ । रिलायन्स ग्रुपले सो स्कुटर नेपाली बजारमा भित्र्याएको हो ।

ग्रुपले ऋषि ट्रेड सेन्टरको सहकार्यमा सो स्कुटर भित्र्याएको हो । कम्पनीले यसको मूल्य ३ लाख ४४ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो । चिनियाँ कम्पनी जिहोको उत्पादन एई-६ एग्रेसीभ मस्कुलर डिजाइनमा तयार भएको स्कुटर हो ।

यो स्कुटरको फ्रन्टमा ठूलो फेन्डर दिइएको छ । यसले स्कुटरको फ्रन्ट टायरसम्मै ढाकेको छ । यसको साइड प्यानलमा नौलो डिजाइनको टर्न इन्डिकेटर दिइएको छ । त्यस्तै रियरमा आकर्षक एलइडी ब्रेक लाइट पाउन सकिन्छ । कम्पनीले नेपालमा बिक्री सुरु गर्ने तयारी गरेको एई-६ स्कुटरमा ५.५ किलोवाट पीक पावर क्षमताको मोटर रहेको छ ।

यसको टप स्पीड क्षमता ८० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा ‘रिमुभेवल लिथियम आयोन’ डबल ब्याट्री पाउन सकिन्छ । आइडियल कन्डिसनमा स्कुटरलाई एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?