मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘तेरी बातों मे ऐसा उल्झा जिया’मा शाहिदको धमाकेदार डान्सले मच्चायो हलचल

काठमाडौं – शाहिद कपुर र कृति सेनन अभिनित चलचित्र ‘तेरी बातों मे ऐसा उल्झा जिया’ यस वर्षको बहुप्रतिक्षित चलचित्र मध्ये एक हो ।बुधबार निर्माण पक्षले फिल्मको शिर्षक र पोस्टर सार्वजनिक गरेपछि यो फिल्मको चर्चा धेरै बढेको छ ।

आज बिहीबार निर्माता पक्षले यस फिल्मको पहिलो गीत ‘लाल पिली अखियाँ’ को टिजर पनि सार्वजनिक गरेको छ, जसलाई लिएर दर्शकमा निकै उत्साह छ । गीतको टिजरमा फ्यानहरुको राम्रो प्रतिक्रिया आएको छ ।

यो रोमान्टिक कमेडी फिल्ममा शाहिद पहिलो पटक कृति सेननसँग स्क्रिन सेयर गर्दैछन् । योसँगै उनका फ्यानहरू पनि ठूलो पर्दामा यो जोडीलाई देखेर निकै उत्साहित छन् । चलचित्रको प्रचार प्रसार सुरु भएसँगै निर्माण पक्षले यसको पहिलो गीतको टिजर सार्वजनिक गरेको छ । यो गीतमा शाहिद आफ्नो धमाकेदार डान्सले हलचल मच्चाएको देख्न सकिन्छ । स्टाइलिस बुट र शेडको कालो पोशाकमा डान्स फ्लोरमा शाहिद कपूर निकै सुन्दर देखिन्छन् ।

शाहिद कपुर र कृति सेननको यो प्रेमकथा फिल्म भ्यालेन्टाइनको अवसरमा हलमा रिलिज हुँदैछ । फिल्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’ ९ फेब्रुअरी २०२४ मा रिलिज हुँदैछ । फिल्मको पोस्टरमा शाहिद र कृतिको केमेस्ट्री अचम्मको देखिन्छ ।

दुबै रोमान्टिक स्टाइलमा देखिएका छन् । यो फिल्म म्याडक फिल्म्स प्रोडक्सन ब्यानरमा बनेको हो । उल्लेखनीय छ कि यो चलचित्र निर्माणदेखि नै चर्चामा रहेकोले यो चलचित्रले ठुलो पर्दामा निकै चर्चा सृजना गर्नेमा निर्माता आशावादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?