मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सोशल मिडियामा आबद्ध नहुने बलिउड स्टारहरू को-को हुन् ?

काठमाडौं – बलिउड स्टारदेखि लिएर आम मानिससम्म सबैले अहिले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । फिल्म स्टारहरूले आफ्नो जीवनसँग जोडिएको हरेक साना–ठूला समाचार सामाजिक सञ्जालमार्फत नै सेयर गर्छन् । तर केही बलिउड स्टारहरू छन, जो सोशल मिडियामा आबद्ध हुन चाहदैन्, उनीहरु आफ्ना व्यक्तिगत कुराहरु जनतासँग बाँड्न रुचाउँदैनन् । सामाजिक सञ्जालमा जोडिन नचाहने पहिलो बलिउड अभिनेत्रीमा पर्छिन रेखा ।

रेखा
यो सूचीमा पहिलो नाम रेखाको छ । चर्चित र सुन्दर अभिनेत्री रेखा आज पनि सामाजिक सञ्जालमा छैनन् । आफ्नो छुट्टै स्टाइल र धेरै बलिउड अवार्डका लागी लागि परिचित रेखाले आफूलाई सामाजिक सञ्जालबाट टाढा राख्छिन् । रेखालाई आफ्नो व्यक्तिगत जीवन सार्वजनिक गर्न मन लाग्दैन, त्यसैले उनले कुनै पनि सामाजिक सञ्जालमा एकाउन्ट बनाएकी छैनन् ।

रानी मुखर्जी
‘कुछ कुछ होता है’ देखि ‘मर्दानी’ जस्ता सुपरहिट फिल्मबाट बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएकी रानी मुखर्जीलाई पनि सामाजिक सञ्जाल मन पर्दैन । हालै ‘कफी विथ करण सिजन ८’ मा रानीले भनिन्, ‘म फोनबाट सकेसम्म दूरी कायम गर्न चाहन्छु । म आफ्नो वा मेरो छोरीको बारेमा हरेक अपडेट संसारलाई दिन चाहन्न । अहिलेसम्म रानी मुखर्जीकी छोरीको तस्बिर कुनै पनि सोशल मिडिया साइटमा शेयर गरिएको छैन ।

जया बच्चन
एकातिर अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय छन् । यसैबीच उनकी श्रीमती तथा बलिउडमा लोकप्रिय छाप बनाएकी उत्कृष्ट अभिनेत्री जया बच्चन आज पनि सामाजिक सञ्जालमा छैनन् । उनले सामाजिक सञ्जालमा समय बिताउनुलाई समयको बर्बादी मान्छिन् ।

सैफ अली खान
सैफ अली खानले सामाजिक सञ्जालबाट पनि दुरी कायम राखेका छन् । उनी आफ्नो व्यक्तिगत जीवनको बारेमा सामाजिक सञ्जालमा कुरा गर्न मन पराउँदैनन् तर उनको विपरीत उनकी श्रीमती तथा बलिउड स्टार करीना कपूर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । करिनाले आफ्नो जीवनसँग जोडिएको हरेक साना–ठूला खुसी आफ्ना फ्यानसँग सेयर गर्छिन् । आफ्ना दुई छोराको तस्विरका अलावा करीनाले सैफ अली खानको तस्विर र उनीसँग सम्बन्धित कुराहरु पनि सामाजिक सञ्जालमा शेयर गरिरहेकी छिन् ।

रणवीर कपुर
यो लिस्टमा ‘एनिमल’ स्टार रणवीर कपुरको नाम पनि परेको छ । मिडिया रिपोर्ट र ’कफी विथ करण’ को धेरै एपिसोडहरूमा रणबीर कपुर फेक आईडीको साथ सोशल मिडियामा सक्रिय रहेको कुरा धेरै पटक चर्चा गरिएको छ, तर आजसम्म यो पुष्टि भएको छैन । रणबीर कपूरलाई पनि आफ्नो गोपनीयता धेरै मनपर्छ र उनले आफ्नो व्यक्तिगत जीवनको बारेमा सामाजिक सञ्जालमा केही सेयर गर्नु उचित ठान्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?