मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओटीटी प्लेटफर्मबाट अन्नपूर्णानी हटाएपछि के भनिन् अभिनेत्री तिरुवुथुले ?

काठमाडौं । गत वर्ष फिल्म ‘जवान’ मा आफ्नो दमदार भूमिकाबाट चर्चा कमाएकी नयनतारा पछिल्लो समय आफ्नो आगामी फिल्म ‘अन्नपूर्णानी’ लाई लिएर चर्चामा छिन् । नयनतारा फिल्मलाई लिएर चर्चामा छिन् तर रिलिजअघि नै उनको फिल्म विवादमा परेको छ ।

फिल्मको बारेमा विवाद यति बढेको छ कि नेटफ्लिक्स इन्डियाले यो फिल्मलाई आफ्नो ओटीटी प्लेटफर्मबाट हटाएको छ। यसबारे विभिन्न खालका प्रतिक्रियाहरु पनि आइरहेका छन् । यस विषयमा अभिनेत्री पार्वती तिरुवुथुले पनि असन्तुष्टि जनाएकी छिन् ।

पार्वतीले आफ्नो सामाजिक सञ्जालमा एक नोट पोस्ट गर्दै यसको कडा निन्दा गरेकी छिन् । विश्व स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सबाट ‘अन्नपूर्णानी’ हटाएपछि पार्वतीले इन्स्टाग्राममा नयनताराको तस्बिर सेयर गर्दै यस विवादमा प्रतिक्रिया दिएकी हुन् ।

आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गर्दै पार्वतीले लेखेकी छिन्, ‘खतरनाक उदाहरण बनाइँदै छ । यस्ता फिल्मलाई सेन्सर गरेर हामीले सास फेर्न पनि नपाउने समय आउनेछ । वल्र्ड स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सबाट ‘अन्नपूर्णानी’ हटाएर इन्स्टाग्राममा नयनताराको तस्बिर सेयर गर्दै पार्वतीले यस विवादमा यस्तो बताएकी हुन् ।

वास्तवमा फिल्म ‘अन्नपूर्णानी’ मा भगवान रामसँग सम्बन्धित एउटा दृश्य देखाइएको छ, जसमा उनलाई मांसाहारी देखाइएको छ । अहिले आलोचना भइरहेको छ । तर, निर्माताले यस विवादमा आफ्नो अडान प्रस्तुत गर्दै हिन्दू र ब्राह्मण समुदायको धार्मिक भावनामा चोट पुर्‍याएकोमा माफी मागेका छन् ।

चलचित्रका आपत्तिजनक दृश्यहरू हटाएर दृश्य परिवर्तन नगरेसम्म चलचित्र नेटफ्लिक्सबाट हटाइने निर्माण पक्षले स्पष्ट पारेको छ । यो परिवर्तनपछि मात्र चलचित्र ओटीटीमा दर्शकका लागि उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?