मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माघे सङ्क्रान्तिमा टुँडिखेलमा महोत्सव हुने

काठमाडौं । माघे सङ्क्रान्तिको अवसरमा काठमाडौंको टुँडिखेलमा माघी महोत्सव हुने भएको छ । थारु राष्ट्रिय माघी महोत्सवले आज यहाँ पत्रकार सम्मेलन गरी आगामी माघ १ गते टुँडिखेलमा माघी महोत्सव आयोजना हुन लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महोत्सवका संयोजक प्रेमिलाल चौधरीले ‘थारु संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नाराका साथ माघी महोत्सव मनाउन लागिएको जानकारी दिए । महोत्सवमा थारु समुदायको सांस्कृतिक झाँकीका साथै विविध सांस्कृतिक प्रस्तुती, थारु खाना प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन, पुस्तक प्रदर्शनी एवं बिक्री हुने उनले बताए ।

चौधरीले खाना स्टलमा थारु जातिले माघी पर्वमा खाने विशेष परिकारहरु ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बण्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गङ्गटो, सिधरा, मसुलार रहने बताए ।

बालु सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, तेलपौर रोटी, झभ्झा रोटीलगायत विभिन्न परिकार राखिने आयोजकले जनाएको छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने अध्यक्ष चौधरीले जानकारी दिए । महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?