मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आमाको सम्झनामा निरकमलले ल्याए ‘जूनले पनि पोल्दो रैछ’

काठमाडौँ – गीतकार निरकमल खड्काको‘जूनले पनि पोल्दो रै छ’ बोलको गीत सार्वजनिक भएको छ।

खड्काको शब्द तथा जमुना शर्माको स्वर रहेको उक्त गीत व्ल्यु लोटस ईन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा अमुल कार्कीले संगीत दिएका छन् भने एरेन्ज पनि उनकै रहेको छ ।

राज घिमिरे र जेविका कार्कीको अभिनय रहेको गीतको कथावस्तु खड्काकी आमा बैजु खड्काको जीवन कथा हो । केही समय अघि मात्र आमा गुमाएका खड्काले आमा कै सम्झना गीत सार्वजनिक गरेका हुन् । 

बाबु प्रधानको मिक्सिङ रहेको यो गीतको भिडियो महे पौडेलले खिचेका हुन भने भिडियो निर्देशन भने युवराज वाईवाले गरेका छन् ।

विदेशमा रहेर नेपाली सङ्गीतमा योगदान गरिरहेका खड्काको यस अघि ‘भुल्न गाह्रो भो’,‘कहाँ राँखु प्रिय’,‘नक्कली कान्छी’,समीपै पाए लगायतका गीत सार्वजनिक भइसकेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?