मुम्बई– बलिउडको फिल्ममा गीत भएन भने अधुरो मानिन्छ । फिल्ममा गीतबाटै त्यसको कथानक पनि खोजिएको हुन्छ ।
पछिल्लो समय भने बलिउडमा पनि नृत्यको तरिकामा बदलाव आएको छ । यसैले पनि बलिउडमा कोरियोग्राफरको माग बढ्दो छ । हिन्दी फिल्म उद्योगमा यतिबेला सबैभन्दा महंगो कोरियोग्राफरको चर्चा हुन थालेको छ ।
बलिउडमा सबैभन्दा महंगो कोरियाग्राफर सरोज खान, प्रभु देवाभन्दा पनि बढी चर्चा फराह खानको छ । फराहको कामको चर्चा बलिउडमा पछिल्लो समय निकै बढेको छ ।
भारतीय मिडियाका अनुसार बलिउडमा फराह खानले एउटा भिडियोको कोरियोग्राफीको पारिश्रमिक ५० लाख भारतीय रुपैयाँसम्म लिने गरेकी छिन् ।
मिडिया रिपोर्टका अनुसार फराहभन्दा अगाडि पारिश्रमिकको मामिलामा रेमो डिसुजा, गणेश हेगडे लगायतका कोरियोग्राफर पनि छैनन् । जबकि, कुनै बेला यी कोरियोग्राफरहरु निकै चल्तीका कोरियोग्राफर मानिन्थे ।
फराह खान महंगो कोरियोग्राफर मात्र होइनन् । उनले फिल्म समेत निर्देशन गरेकी छिन् । साथै उनले फिल्म निर्माणमा समेत हात हालेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया