मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वस्थ रहन सन्तुलित भोजनको आवश्यकता

काठमाडौं । स्वस्थ रहन सन्तुलित भोजनको आवश्यकता हुन्छ । मानिसको शारीरिक अवस्था एउटै हुँदैन, त्यसैले शारीरिक बनावटअनुसार खानुपर्ने हुन्छ । शरीरलाई आवश्यक पर्ने क्यालोरी, प्रोटिन, फ्याट र फाइबरको मात्रा पनि फरक–फरक हुन्छ ।

महिलालाई औसतमा २१ देखि २५ ग्राम दैनिक फाइबर आवश्यक पर्छ भने पुरुषलाई ३१ देखि ३८ ग्राम आवश्यक पर्छ । बिहानको समयमा हाम्रो शरीरको पाचन प्रणाली बढी सक्रिय हुन्छ । दिन ढल्दै गएपछि कम सक्रिय हुन्छ । त्यसकारण पनि ब्रेकफास्ट वा लन्च हेभी खानुपर्छ । रातिको खाना लाइट खाँदा राम्रो हुन्छ ।

अब हामीले खानेकुरा कसरी सन्तुलित बनाएर वा मिलाउने खाने ? किनभने हाम्रो थालमा अक्सर दाल, भात, तरकारी, अचार हुनेगर्छ । कतिले दुध, दही, मोही पनि समावेश गर्छन् । कतिले घिउ, पनिर समावेश गर्छन् । कतिले माछा, मासु समावेश गर्छन् । कतिले सलाद, सागपात, गेडागुडी समावेश गर्छन् ।

यी सबै किसिमको खान्की एकै थालीमा पस्कन त्यती संभव हुँदैन । अर्को कुरा, थरीथरीको खानेकुरा मिश्रण गर्दैमा त्यो सन्तुलित हुन्छ भन्ने पनि होइन । अर्थात दाल, भात, तरकारी, अचार मिश्रण गरिदैमा त्यो सन्तुलित हुन्न भन्ने छैन । सन्तुलित भोजन भनेको पौष्टिक पदार्थले भरिएको खानेकुरा सेवन गर्नु पनि हो ।

के हो सन्तुलित भोजन ?

सन्तुलित भोजनको सेवनले शरीरलाई स्वस्थ तथा र स्फूत राख्न मद्दत गर्छ । यसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउनुका साथै विभिन्न रोगहरुबाट शरीरलाई सुरक्षा प्रदान गर्छ । त्यतिमात्र हैन,यसले शरीरको वृद्धिविकासमा पनि महत्वपूर्ण भूमिका खेल्छ ।

सन्तुलित भोजन यस्तो भोजन वा आहार हो, जसमा तरल पदार्थ, माइक्रोन्युट्रियन्टस्, क्यालोरी लगायतको पौष्टिक पदार्थ पर्याप्त मात्रा हुन्छ , जसको सेवनले समग्र स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ । सामान्यतया, सन्तुलित भोजनमा अन्न, फलफूल, माछामासु, सागसब्जी, दूग्धजन्य पदार्थ, तेल सबै किसिमको खाद्यान्न समावेश हुन्छ ।

सन्तुलित आहारले गर्भवती महिलालाई आवश्यक पोषण प्रदान गरी गर्भमा रहेको शिशु, बालबालिका तथा किशोरकिशोरीको बृद्धिविकासमा महत्वपूर्ण भूमिका खेल्छ । सन्तुलित आहारले एनिमिया, मोटोपना, उच्च रक्तचाप, हृदय रोग, मधुमेह , स्ट्रोक, अस्टियोपोरोसिस, क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ ।

अन्न तथा आलु ‘कावोहाइड्रेट्स’

फलफूल तथा सागसब्जी ‘भिटामिन तथा खनिज’

दूधजनय पदार्थ ‘प्रोटिन तथा क्याल्सियम’

माछा, मासु, दाल, गेडागुडी ‘प्रोटिन’

एउटा सन्तुलित भोजनमा आवश्यक अनुपातमा १० देखि १५ प्रतिशत प्रोटिन, ६० देखि ८० प्रतिशत कार्बोहाइडे्रट्स, तथा १० देखि ३० प्रतिशत फ्याट समावेश हुन्छ । शरीरलाई स्वस्थ राख्न पानीले पनि महत्वपूर्ण भूमिका खेल्छ । सामान्यतया, एक स्वस्थ वयष्कलाई दिनमा कम्तीमा आठ देखि दश गिलास पानी सेवन गर्न सुझाव दिइने गरिन्छ ।

मकै, गहुँ, चामल, आलु लगायतका स्टार्चयुक्त खाद्य पदार्थ उर्जाको स्रोत हो । यो फाइबर, क्याल्सियम, आयरन तथा अन्य महत्वपूर्ण भिटामिनको स्रोत पनि हो । सागसब्जी तथा फलफूल फाइबर, भिटामिन तथा खनिज पदार्थको समृद्ध स्रोत हो, जसले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ । सागसब्जी तथा फलफूलको विविधता पनि खानामा महत्वपपूर्ण मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?