मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानूनी व्याख्याको आवश्यकता छ: चन्द्र भण्डारी

जोयनेपाल
364
Shares
फाइल तस्वीर ।

काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले बलात्कार कुन अवस्थालाई मान्ने भन्ने कानूनी व्याख्याको आवश्यकता रहेको बताएका छन् ।

बलात्कारको मुद्दामा सजाय ८ वर्ष कैद फैसला सुनाइएका क्रिकेटर सन्दीप लामिछानेको विषयमा बहस चलिरहेका बेला भण्डारी यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानूनी व्याख्याको आवश्यकता छ, कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार?,’ उनले सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो धारणा राखेका छन्, ‘बलात्कार भनेको के हो, प्रेम भनेको के हो? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन, परिभाषाको आवश्यकता ।’

केही समयदेखि सामाजिक सञ्जालमा कानूनी रुपमा बलात्कार कस्तो अवस्थालाई मान्ने भन्ने विषयमा बहस भइरहेको छ । यसैबीच सांसद भण्डारीको यस्तो धारणा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?