मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईंले प्रयोग गर्ने मोबाइल स्वास्थ्यका लागि कति हानिकारक छ ? यसरी जान्नुहोस्

प्रविधिको प्रयोगले हाम्रो दैनिकीलाई जति सहज बनाइरहेको हुन्छ, त्यति नै त्यसको नकरात्मक असर पनि हामीमाथि परिरहेको हुन्छ । मोबाइल फोनकै कुरा गर्दा यसबाट उत्पन्न हुने रेडिएसन (रेडियोधर्मी विकिरण) ले विभिन्न प्रकारका स्वास्थ्य समस्या उत्पन्न गराउँछ ।

मोबाइ फोनबाट एक विशेष प्रकारको तरङ्ग (इलेक्ट्रो म्याग्नेटिक रेडिएसन) निस्किन्छ । त्यस्तो रेडिएसनले मानवीय स्वास्थ्यमा प्रतिकुल असर पार्ने धेरै खोजबाट पत्ता लागिसकेको छ ।

मोबाइलमा कति रेडिएसन हुन्छ ?

तपाईं हामीले कुनै मोबाइल खरिद गर्नुपूर्व उक्त मोबाइलले कति मात्रामा रेडिएसन उत्सर्जन गर्छ भन्ने कुरा पनि जान्नु जरुरी हुन्छ । यस्तो रेडिसनको मापन स्पेसिफिक एब्जर्प्सन रेट (सार)बाट गरिन्छ ।

संयुक्त राज्य अमेरिकाले कुनै पनि प्रकारका मोबाइलको स्पेसिफिक एब्जर्प्सन रेड (सार) १.६ वाट प्रति किलोग्रामभन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ ।

भारतको सञ्चार तथा सूचना प्रौद्योगिक मन्त्रालयले पनि सार रेट १.६ वाट प्रति किलोग्रामभन्दा माथि हुनुहुँदैन भनेको छ ।

तपाईंको मोबाइलको सार रेट कति छ ?

कुनै पनि मोबाइल किन्दा त्यसको बट्टाको बाहिर टाँसिएको पर्चामा नै उक्त मोबाइलको सार रेट उल्लेख गरिएको हुन्छ । तपाईंले मोबाइल खरिद गर्दा सार रेट १.६ भन्दा माथि उल्लेख भएको मोबाइल नकिन्दा नै राम्रो हुन्छ । मोबाइल किन्न जाँदा बिक्रेताहरुसँग आफूले किन्न लागेको मोबाइलले कति रेडिएसन उत्सर्जन गर्छ भनेर पनि सोध्न सक्नुहुन्छ ।

यदि तपाईंले मोबाइल खरिद गरिसक्नुभएको छ, र सार रेट कति छ भन्ने जान्नुभएको छैन भने मोबाइलको डाइलप्याडमा *#07# कोड डायल गरेर पनि यसबारे जानकारी लिन सकिन्छ ।

कतिपय मोबाइलमा यस्तो कोड डायल गर्दा पनि साररेटबारे जानकारी उपलब्ध हुँदैन । अर्थात् केही मोबाइल कम्पनी प्रयोगकर्तालाई आफ्नो मोबाइलले उत्सर्जन गर्ने रेडिएसनको मात्राबारे जानकारी दिन चाहँदैनन् ।

यस्तो अवस्थामा तपाईंले आफ्नो मोबाइलको मोडेल नम्बर उल्लेख गरेर इन्टरनेटबाट पनि त्यसको सार रेटबारे सर्च गरेर जान्न सक्नुहुन्छ ।

यदि त्यसको सार रेट १.६ वाट प्रति किलोग्रामभन्दा माथि छ भने त्यस्तो फोन तपाईंको स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?