मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउडमा माल्दिभ्स बहिष्कारको ट्रेन्ड,फिल्म छायाङ्कनको योजना रद्द गर्दै भारतीय निर्माता

काठमाडौँ – भारतमा चलेको  ‘माल्दिभ्स’लाई बहिष्कार गरौँ भन्ने ट्रेन्डमा बलिउड जोडिदा माल्दिभ्सको पर्यटनमा प्रभाव पर्न थालेको छ । 

लक्षद्वीप टापुलाई लिएर भारत र माल्दिभ्सबीच चर्किएको विवादलाई लिएर बलिउडका कलाकारहरूले यसअघिबाटै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साथ दिई रहेका छन् ।

यसैको परिणाम अहिले भारतीय सेलिब्रेटी सहित सर्वसाधारणले समेत मालदिभ्समा बिदा मनाउने योजना धमाधम रद्द गरिरहेका छन् । 

त्यस्तै माल्दिभ्समा फिल्म छायाङ्कन गर्न नहुने र बहिष्कार गर्नुपर्ने आवाज पनि चर्किरहेको छ भने अक्षयकुमार, सलमान खान, रणवीर सिंह, श्रद्धा कपुर, सचिन तेन्दुलकर लगायतका सेलिब्रेटीले ‘एक्स्पलोर इण्डियन आइल्याण्ड’ ट्रेन्ड चलाइरहेका छन् ।

यस्तोमा द फेडरेसन अफ वेस्टर्न इण्डिया सिने इम्प्लोयजले बिहीबार विज्ञप्ति नै जारी गरेर  माल्दिभ्समा फिल्म छायाङ्कन नगर्न निर्मातालाई आग्रह गरेको हो । 

उसले भारतमै फिल्म छायाङ्कन गर्दा मुलुकको पर्यटनमा पनि वृद्धि हुने उल्लेख गर्दा आफ्नो संस्थाले माल्दिभ्समा छायाङ्कन गर्ने सबै योजना स्थगित गर्ने योजना पनि बनाएको जनाएको छ ।

गत साता लक्षद्वीप टापु घुम्न गएका भारतीय प्रधानमन्त्री मोदीलाई लक्षित गर्दै माल्दिभ्सका तीन मन्त्रीले आपत्तिजनक टिप्पणी गरेपछि यो विवाद चर्किएको हो ।

जसलाई साम्य पार्न ती ती मन्त्रीलाई माल्दिभ्स सरकारले बर्खास्त गरिसके पनि यो आफ्नै देश चिनाउने अवसर हो भन्दै भारतीय सङ्घसंस्थाहरू देशमै विकल्प खोज्ने अभियान चलाइरहेका छन् । 

‘अहिले केही भारतीय फिल्म निर्माताले माल्दिभ्समा फिल्म छायाङ्कनको योजना धमाधम स्थगित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

माल्दिभ्स घुम्न जाने ९० प्रतिशत पर्यटक भारतीय हुनु भारतको यो कदमले पर्यटनमा आधारित माल्दिभ्सको अर्थतन्त्र प्रभावित हुनसक्ने अवस्था छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?