मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निखिल उप्रेतीलाई बिर्सिएका हुन् दर्शकले?

काठमाडौं– अभिनेता निखिल उप्रेतीलाई नचिन्ने नेपाली फिल्मका दर्शक कमै छन् । एक्सन स्टार भनेर चिनिने अभिनेता उप्रेती लामो समयदेखि पर्दामा देखिएका छैनन् ।

फिल्म ‘पिँजडा’ मा हलमा रिलिज हुँदा उनको क्रेज बाक्लो थियो । धरहराबाट सात तलामाथि बाट हाम फालेको भनेर चर्चा बटुलेका यी अभिनेताको एक्सनलाई दर्शकले औधी रुचाए ।

अहिले भने निखिल कामविहीन भएका छन् । उनी अहिले फिल्ममा भन्दा बढी अध्यात्ममा रमाएका छन् । बेलाबेलामा फिल्म बनाउने भनेर घोषणा गरे पनि ती फिल्म घोषणामा मात्र सीमित भएका छन् ।

केही समयअघि पनि उनले एक फिल्म निर्देशन गर्ने घोषणा गरेका थिए । त्यसो त केही समयअघि मात्र एआईको सहयोगमा सुपरहिरोको फिल्म बनाउने चर्चा पनि चलेको थियो ।

एक दशकसम्म एकपछि अर्को हिट फिल्म दिएका निखिललाई यतिबेला भने दर्शकले बिर्सिसकेका छन् ।

अहिले पनि निखिलले कुनै दमदार फिल्म ल्याए हुन्थ्यो भनेर दर्शकको प्रतीक्षा त छ तर निखिलले फिल्म ल्याउने त त्यस्तै हो घोषणा गरेर भए पनि चित्त बुझाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?