मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एकपछि अर्को ब्लकबस्टर फिल्म दिएका शाहरुख खानले गर्लान् त नयाँ फिल्ममा कमाल?

काठमाडौँ– सन् २०२३ बलिउड अभिनेता शाहरुख खानका लागि अकल्पनीय रुपमा सफल रह्यो ।

एकै वर्ष तीन वटा फिल्म आयो । तीनै वटा फिल्मले गज्जब कमाइ गरे । २०२३ मा बलिउडले जति कमायो त्यसको आधा शाहरुखका फिल्मले कमाए ।

खबरका अनुसार शाहरुख आफ्नो नयाँ प्रोजेक्टका लागि निर्देशक विशाल भारद्वाजसँग छलफल गरिरहेका छन् ।

विशाल भारद्वाज कमबूल, ओमकारा, हैदर र कमीने जस्ता चर्चित फिल्मका निर्देशक हुन् । हालै मात्रै नेटफ्लिक्समा आएको उनको खुफिया फिल्मले निकै तारिफ कमाएको थियो ।

शाहरुखले आफ्नो नयाँ प्रोजेक्टका लागि विशालको फिल्म साइन गर्न थालेका छन् । शाहरुख आफ्नो फिल्म च्वाइसबाट आफ्नो दर्शकलाई सरप्राइज गर्न चाहन्छन् ।

सोही चाहनाअनुरुप उनले विशालको थ्रिलर फिल्ममा खेल्न लागेको बताइएको छ । शाहरुख र विशाल दुवै पक्षले यसबारे पुष्टि गरेका छैनन् ।

विशालले चेतन भगतको उपन्यास २ स्टेट्सलाई फिल्ममा उतार्ने बेलामा शाहरुखसँग कुरा गरेका थिए । तर फिल्मको शेटिङबारे दुईबिच मतभेद भयो ।

विशाल फिल्मलाई कलेजको पृष्ठभूमिमा बनाउन चाहन्थे । यो लभ स्टोरीको सेटिङ कुनै ठूलो बैंक होस् भन्ने चाहना शाहरुखको थियो । यही मतभेदका कारण फिल्म फाइनल भएन ।

पछि यसलाई अभिषेक बर्मनले निर्देशन गरे । अर्जुन कपुर र आलिया भट्टको जोडी रहेको फिल्म निकै हिट रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?