मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वचर्चित महान् चित्रकार लियानार्दो दा भिन्चीले बनाएको रहस्यमयी मोनालिसाको पेन्टिङ

काठमाडौँ– इटलीका महान् पेन्टर लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको पेन्टिङ इतिहासकै सबैभन्दा अदभूत पेन्टिङ मानिन्छ ।

यो पेन्टिङमाथि आज पनि खोज तथा अनुसन्धानहरु भइरहेका छन् । दा भिन्चीले १६ वर्ष लगाएर बनाएको यो रहस्यमयी पेन्टिङले आज पनि दुनियाँको ध्यान तानेको छ । भनिन्छ, मोनालिसाको यो पेन्टिङ अझै पनि पूर्ण छैन ।

लियोनार्दो दा भिन्ची आफ्नो जमानाका एक अद्भूत प्रतिभाशाली व्यक्ति थिए । उनी पेन्टर मात्र नभएर वैज्ञानिक, गणितीज्ञ, राजनीतिक व्यक्तित्व तथा लेखक पनि थिए ।

पाँच सय वर्षअघि भिन्चीले बनाएको मोनालिसाको पेन्टिङमा केन्द्रित रहेर विभिन्न रिसर्चहरु भइरहेका छन् । अनुसन्धाताहरुले मोनालिसा पेन्टिङको मुस्कानको रहस्य पत्ता लगाउने हर कोशिश गरिरहेका छन् ।

कति पेन्टिङ यस्ता हुन्छन्, जुन पेन्टिङ चित्र नभएर वास्तविक लाग्छन् । मोनालिसाको पेन्टिङ पनि धेरैलाई वास्तविक जस्तो लाग्छ । तर, यथार्थमा यो एक पेन्टिङ हो ।

लियोनार्दो दा भिन्ची यस्ता रहस्यमयी चित्रकार थिए कि, उनले एकै समयमा दुवै हातले फरक फरक काम गर्न सक्थे । एकै समयमा उनले एक हातले चित्र बनाउँथे भने अर्को हातले लेखिरहेका हुन्थे । उनको यो अद्भूत खुबीले दुनियाँ चकित भएको थियो ।

लियोनार्दो दा भिन्चीलाई यो पेन्टिङ बनाउन १६ वर्ष त लागेको थियो नै । त्यसमा पनि सबैभन्दा बढी समय मोनालिसाको ओठ बनाउन लागेको थियो ।

मोनालिसाको शाब्दिक अर्थ हुन्छ माइ लेडी ।

लियोनार्दो दा भिन्चीले यो पेन्टिङ बनाउन सन् १५०३ मा शुरुवात गरेका थिए । यसलाई उनले सन् १५१९ मा पूरा गरेका थिए । त्यसो त उनले आफ्नो जीवनकालमा थुप्रै चित्र बनाए । आफ्ना चित्रमा भिन्चीले कला र विज्ञानको संयोजनलाई देखाउने गर्थे ।

यसैले पनि हुनुपर्छ, मोनालिसाको पेन्टिङले के सन्देश दिन खोजेको हो भनेर अझै पनि खोज तथा अनुसन्धानहरु भइरहेका छन् ।

यो लोकप्रिय पेन्टिङलाई ओइल कलरले बनाइएको छ । साथै यसमा ३० भन्दा बढी लेयर्सको प्रयोग गरिएको छ । तर, यो पेन्टिङमा आउटलाइनको प्रयोग भने गरिएको छैन ।

बरु केही लेयर्स यति मसिना छन् कि, ती लेयर्स मान्छेको कपालभन्दा पनि मसिना छन् ।

हुन त मोनालिसाको पेन्टिङ एक महिलाको पेन्टिङ हो । तर, यो कसको पेन्टिङ हो भन्ने अझै पनि पत्ता लाग्न सकेको छैन । शायद अब यो रहस्यकै रुपमा रहनेछ ।

मोनालिसा पेन्टिङको सबैभन्दा रहस्यमय पाटो भनेको यसको मुस्कान हो । नियालेर हेर्ने हो भने विभिन्न कोणबाट हेर्दा मोनालिसाको मुहारको भाव फेरिएको झैँ लाग्छ ।

यो पेन्टिङलाई टाढाबाट हेर्दा उदास भएको जस्तो देखिन्छ भने नजिकबाट हेदा मुस्कुराएको जस्तो देखिन्छ । अनुसन्धाताहरुले मान्छेको मुड अनुसार मोनालिसालाई कहिले मुस्कुराएको त कहिले निराश अवस्थामा देखिने गरेको बताउँछन् ।

अझ कतिपयको तर्क के छ भने दा भिन्चीले बनाएको मोनालिसाको पेन्टिङमा माथिका दुईवटा दाँत नभएका कारण कहिले मुस्कुराएको त कहिले उदास भएको देखिन्छ ।

केही अनुसन्धाताका अनुसार मोनालिसाको मुस्कानको रहस्य मोनालिसाको पेन्टिङमा नभएर हेर्ने व्यक्तिको मुडअनुसार फरक पर्ने गर्छ ।

एक अनुसन्धानका अनुसार मोनालिसा ८३ प्रतिशत खुसी, ९ प्रतिशत उदास, ७ प्रतिशत रहस्यमयी र एक प्रतिशत सन्तुष्ट छिन् ।

अझ रोचक कुरा त के छ भने मोनालिसा वास्तवमा महिला थिइन् या थिइनन् भन्ने कसैले पत्ता लगाउन सकेका छैनन् ।

यो तस्वीरलाई लिएर कतिपयले दा भिन्चीले आफ्नी आमाको तस्वीर उतारेको दाबी गर्छन् । कतिपयले भने भिन्चीले आफ्नी प्रेमिकाको तस्वीर बनाएको तर्क गर्छन् त कतिपयले उनले मोनालिसामा आफ्नै तस्वीरको नारी रुप उतारेको बताउँछन् ।

अर्काथरीको तर्क के छ भने यो तस्वीर बनाउन लियोनार्दो दा भिन्चीलाई फ्लोरेन्सका एक व्यापारी साथी फ्रान्सिस्को डेन्जिओकान्डोले आफ्नी पत्नीको तस्वीर बनाउन भनेका थिए । भिन्चीले उनैको पेन्टिङ बनाए ।

तपाईंले ख्याल गरेर हेर्नुभयो भने मोनालिसाको पेन्टिङमा आँखीभौँ छैनन् । भन्ने गरिन्छ, दा भिन्चीले मोनालिसाका मसिना आँखीभौँ पनि बनाएका थिए । पेन्टिङ सफा गर्ने क्रममा कालान्तरमा आँखीभौँ पनि मेटिए ।

यो पेन्टिङ इतिहासकै सर्वाधिक लोकप्रिय पेन्टिङ मात्र होइन, गिनिज बुक रेकर्डका अनुसार यो पेन्टिङ संसारकै महंगो पेन्टिङ पनि हो ।

अझ रोमान्चक कुरा त के छ भने दा भिन्चीले उक्त पेन्टिङमा केही अक्षर पनि लेखेका थिए । इटालियन रिसर्चरले गरेको एक रिसर्चअनुसार मोनालिसाको देब्रे आँखामा S र दाहिने आँखामा L लेखिएको थियो ।

दा भिन्ची मोनालिसा पेन्टिङ निकै सुन्दर छ । यो तस्वीरलाई चोरी गर्ने प्रयास पनि भयो । फुटाउने पनि प्रयास गरियो । यो पेन्टिङलाई पेरिसको लोब्रिम म्युजियममा राखिएको छ ।

यो पेन्टिङमाथि अझै पनि अनुसन्धान भइरहेको छ । यसको वास्तविकता अझै पनि थाहा हुन सकेको छैन ।

मोनालिसा पेन्टिङ महिलाको पेन्टिङ त हो तर दा भिन्चीले कसको चित्र बनाए भन्ने अझै पनि रहस्यको विषय छ । संसारभर लोकप्रिय बनेकी मोनालिसा के कुनै कालखण्डमा यो पृथ्वीमा थिइन् त ? कि दा भिन्चीले माई लेडी भन्दै काल्पनिक चित्र बनाए होलान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?