मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाक्लो हुस्सुले विराटनगर विमानस्थलमा आज पनि उडान प्रभावित

काठमाडौँ – खराब मौसमका कारण मोरङको विराटनगर विमानस्थलमा आज पनि उडान प्रभावित बन्ने भएको छ ।

विराटनगरमा अहिले बाक्लो हुस्सु र कुहिरो छ । जस कारण उपर्युक्त भिजिबिलिटी नहुँदा उडान हुन नसेकेको विमानस्थल कार्यालयले जनाएको हो । हिजो पनि यही समस्याका कारण विराटनगरबाट एउटा मात्रै एकतर्फी उडान भएको थियो । 

हिजो विराटनगर एयरपोर्टमा पार्किङका लागि मंगलबार साँझ आएको बुद्ध एयरको जहाज काठमाडौँ जाने बाहेक कुनै पनि उडान नभएको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । अन्य उडान भने रद्द गरिएको थियो ।

जबकि विराटनगरबाट काठमाडौँका लागि दैनिक बुद्ध एयरको ७ वटा, यति एयरलाइन्सको ५ वटा, श्री एयरलाइन्सको ३ वटा र सौर्य एयरलाइन्सको एउटा गरी १६ वटा उडानहरू हुँदै आएका छन् भने दैनिक करिब १ हजार हवाई यात्रुहरूले सेवा लिँदै आएका छन् ।

आज पनि मौसमको अवस्था हालसम्म उस्तै रहेको कारण उडान हुने नहुने टुङ्गो नभएको उनले बताए ।

सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिन्छ । बुधवार भिजिबिलिटी एक हजार मिटर मात्र पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?