मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली फिल्म उद्योग सांस्कृतिक अतिक्रमणको मारमा पर्‍यो: निर्देशक श्रेष्ठ

काठमाडौं– निर्देशक दिपक श्रेष्ठले सांस्कृतिक अतिक्रमणका कारण नेपाली फिल्म उद्योग धरापमा पर्दै गएको बताएका छन् ।

बुधवार जोय नेपालसँगको कुराकानीमा उनले कुनै समय नेपाली फिल्मले धेरै राम्रो कमाइ गर्ने गरे पनि अहिले भने त्यो अवस्था नरहेको बताए ।

‘नेपाली फिल्म उद्योग सांस्कृतिक अतिक्रमणको शिकार भएको छ, यसले गर्दा अहिले नेपाली फिल्म स्तरीय बने पनि फिल्म चलाउन गाह्रो छ,’ उनले जोय नेपालसँगको कुराकानीमा भने ।

उनका अनुसार केही दशकअघि सम्म नेपाली फिल्मको एकछत्र राज थियो । गाउँदेखि शहरसम्म नेपाली फिल्म हेर्ने दर्शकको ओइरो लाग्थ्यो तर अहिले नेपालमा सांस्कृतिक अतिक्रमण भइरहेको छ ।

उनले नेपाली फिल्म राम्रा हुँदैनन् भन्ने भाष्य स्थापना गरेर बिस्तारै नेपाली फिल्म उद्योगको बजार नै मास्दै गएको पनि बताए ।

‘यसबारेमा चलचित्र विकास बोर्डले नै भूमिका खेल्नुपर्ने हो, तर के गरिरहेको छ भन्ने थाहै हुँदैन, अहिले हामीले आफ्नै फिल्म पनि हलमा चलाउन नसकिने अवस्था छ,’ उनले भने ।

निर्देशक श्रेष्ठले निर्देशन गरेको फिल्म ‘पर्खी बसेँ तिमीलाई’ यही पुस २७ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा किरण श्रेष्ठ र रक्षा बुढाथोकीको शीर्ष भूमिका रहेको छ । उनी केही समयको अन्तरालपछि फिल्म निर्देशनमा फर्केका हुन् ।

यो फिल्म विशुद्ध प्रेमकथामा आधारित रहेको श्रेष्ठले बताए ।

उनले हिम्मत, पर्खी बसेँ, तकदीर, भाइ भाइ, राम लक्ष्मण लगायतका २ दर्जन सुपरहिट फिल्म निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?