मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने नासाको अभियान सन् २०२६ सम्म स्थगित

काठमाडाैँ – अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले चन्द्रमामा मानवसहितको अन्तरिक्ष यान उतार्ने मिसनको समय परिवर्तन गरेको छ । यसअघि २०२५ को अन्त्यसम्ममा गरिन लागिएको यो मिसनको समय अव सरेर २०२६ को सेप्टेम्बरमा पुगेको हो । 

नासाका अनुसार चन्द्रमामा अवतरण हुनका लागि ठुलो अन्तरिक्ष यान आवश्यक हुनु तथा सुरक्षाका धेरै विषयमा विस्तृत अध्ययन गर्न आवश्यक रहेको जस्ता विषयले मिसनमा ढिलाइ भएको हो ।

नासाको नेतृत्वमा हुन लागेको यो आर्टेमिस मिसन अपोलो कार्यक्रम पछि ५० वर्षपछि हुन लागेको हो । यसको अर्थ आधा दशक पछि अमेरिका पुन मानवसहित चन्द्रमा यात्राको दौडमा छ । 

नासाले अब ल्यान्डिङ मेसिनको परीक्षण उडान समेत १० महिना पछि सरेको बताएको छ । अब यो उडान २०२५ को सेप्टेम्बरमा गरिने छ । यो परीक्षण उडानले अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पुर्‍याएर फर्काउने छ । 

यद्यपि चन्द्रमाको अन्वेषण सम्बन्धी आर्टेमिस मिसन २०२६ पछि पनि जारी रहनेछ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?