मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सहकारी अपचलनमा धरौटी बुझाएर छुटेका मृगेन्द्र सम्पत्ति शुद्धीकरणको जिम्मामा

काठमाडौँ – लमजुङको कालिका बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेर छुटेका पूर्व अध्यक्ष मृगेन्द्र घिमिरेलाई सम्पत्ति शुद्धीकरणको जिम्मा लगाईएको छ ।

उनलाई जिल्ला अदालत लमजुङका न्यायाधीश भेषराज पौडेलको इजलासले उनलाई ३० लाख धरौटीमा रिहा गरेको थियो । घिमिरेलाई सहकारी ठगीको मुख्य दोषी बनाइएको छ ।

तर घिमिरेलाई तत्कालै पुनः पक्राउ गरेर अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाएको हो । डिएसपी मीनबहादुर घलेका अनुसार उनलाई काठमाडौँ पठाइसकिएको छ । ‘उहाँलाई काठमाडौँ लगेर सम्पत्ति शुद्धीकरणमा बुझाएका छौँ,’ उनले भने, ‘बाँकी अनुसन्धान उसैले गर्छ ।’

सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएर पनि अझै २५ जना फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बेंसीसहरको कालिका बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

फरार रहेका मृगेन्द्रलाई काठमाडौँबाट पक्राउ गरेर अदालत पेस गरिएको हो । अदालतमा हाजिर भए लगत्तै उनी धरौटीमा रिहा भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?