मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रियालिटी शो ‘र्याप व्याटल नेपाल’ अर्को महिनाबाट

काठमाडौँ – युजिसा इन्टरनेशनलको आयोजनामा हुने यो रियालिटी शो ‘र्याप व्याटल नेपाल’ को अडिसन अर्को महिनादेखि प्रारम्भ हुने छ ।

कार्यक्रमको प्रसारण भने अप्रिल महिनादेखि प्रारम्भ हुने छ । यो रियालिटी शोमा नेपाली तथा भारतीय संगीतकर्मीहरुलाई निर्णायकको रूपमा समावेश गर्ने आयोजकको तयारी छ ।

राज्य मिडिया नेटवर्कको सह–आयोजक रहेको यो रियालिटी शो को अडिसन काठमाडौँ, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा गरिने छ ।

आयोजक संस्थाले दिएको जानकारी अनुसार दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फागुन ०२, इटहरीमा फागुन ०५, चितवनमा फागुन ०९, पोखरामा फागुन १२ र काठमाडौँमा १८ तथा १९ गते गरिने छ ।

यसबाहेक विश्वभर छरिएर रहेका नेपाली भाषीहरूको लागि डिजिटल अडिसन गरिने छ । शो एपी वान टेलिभिजनबाट प्रसारण हुने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?