काठमाडौं– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को वेबसाइट आजसाँझदेखि शनिवारसम्म नचल्ने भएको छ । एक सूचना जारी गर्दै नेप्सेले तीन दिनसम्म कारोबार प्रणाली नचल्ने जानकारी दिएको छ ।
“विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्य गर्ने भएकाले बिहीबार साँझ ५ बजेदेखि शनिवार राति ११० बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” सूचनामा भनिएको छ ।
विद्युतीय प्रणाली अद्यावधिक गर्ने यस कार्यबाट पर्न गएको असुविधाका लागि नेप्सेले सेवाग्राहीमा क्षमा समेत मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया