मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘डन ३’मा भिलेन बन्दै ‘रोमान्स किङ्ग’ इमरान हाशमी

अभिनेता इमरान हाशमी बलिउडमा रोमान्सका लागि चर्चित नाम हो ।

उनको हरेक फिल्मका किसिङ सिन चर्चामा आउने गरेका छन् । यही बिचमा अब उनी आफ्नो परिचय फेरिने भूमिकामा देखिने भएका छन् ।

इमरान बन्न लागेको फिल्म ‘डन ३’मा भिलेनको भूमिकामा देखिन लागेका हुन् । यसको अहिलेसम्म आधिकारिक घोषणा नभए पनि इमरानलाई फरहान अख्तरको अफिसमा देखिएको भारतीय मिडियाले बताएका छन् ।

यसले मुख्य भूमिकामा रणवीर सिंह पछि भिलेनमा इमरान देखिन सक्ने अनुमान गर्न सकिने बताइएको छ । 

उनले यसअघि ‘टाइगर ३’ मा भूमिका निभाएका थिए । जसको धेरैले तारिफ गर्दा उनको फरक लुक त्यति वेला धेरैले मन पराएका थिए । फिल्म बक्स अफिसमा सफल नरहे पनि इमरानको भूमिका धेरैले मार्क गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?