मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘ईश्वर’मा सुनिल थापा र पृथ्वीराज अनुबन्धित

काठमाडौँ – फिल्म ‘ईश्वर’को मुख्य भूमिकामा अभिनेता सुनिल थापा र पृथ्वीराज प्रसाईँ अनुबन्धित भएका छन् ।

कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने फिल्मको माघ २८ गतेदेखि फिल्म छायाङ्कन हुने निर्देशक गिरीले जानकारी दिए । फिल्ममा यसअघि नै शिशिर बाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गीता अधिकारी अनुबन्धित भइसकेका छन् ।

दिव्या कंगना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा तथा संवाद भोजराज देवकोटाले लेखेका हुन् ।

हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाईं र बीपी वाग्लेको सङ्गीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुमागाईँको छायाङ्कन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?