मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘नमेटिएको घाउ’  मार्फत फिल्म निर्देशनमा ‘डेब्यु’ गर्दै रमित 

काठमाडौँ – अभिनेता रमित ढुंगाना फिल्म  ‘नमेटिएको घाउ’  मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । यो एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको फिल्म हो । जसको नाम पहिले ‘मुस्कान’ नै राखिएको थियो ।

२०७६ सालको भदौ २० गते वीरगञ्जको रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भोगकी मुस्कान खातुन कथावस्तुको प्रमुख पात्र हो ।

एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ । अहिले अभिनय सिकिरहेकी उनी स्वयम फिल्ममा एसिड आक्रमण पछिको भागमा देखिनेछिन् । 

एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नेछिन् । गौतम पनि यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गर्न लागेकी हुन् ।

उनले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् । बुधबारबाट वर्कसप सुरु भएको फिल्मआगामी माघ १५ गतेबाट फुलोरमा जानेछ । फिल्मको शुभमुहूर्त प्रधानमन्त्री पुष्पकमल दाहालबाट गर्ने योजनामा रमित छन् ।

‘नमेटिएको घाउ’  फिल्म निर्माणका लागि वीरगञ्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?