मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहानमा उठ्ने बित्तिकै कहिल्यै नगर्नुस् यी ५ काम

काठमाडौं – बुढा पाकाहरूले जीवनका बारेमा भनेका कतिपय कुराहरू वैज्ञानिक छन् । तर पछिल्लो समयमा मानिसहरू बुढा पाकाले भनेका जीवन सम्बन्धी महत्त्वपूर्ण कुराहरूलाई वास्ता नै गर्दैनन् । यहाँ त्यस्तै मान्यताको चर्चा गरिएको छ जुन बिहानमा उठ्ने बित्तिकै गर्नु निक्कै अशुभ मानिन्छ ।

१ सहवास नगर्नुस्

बिहान उठ्ने बित्तिकै सहवास गर्नु राम्रो मानिँदैन । बिहानको स हवासमा शरीरमा जम्मा भएको सकारात्मक ऊर्जा नष्ट हुने र नकारात्मक ऊर्जा भरिने शास्त्रीय मान्यता छ । सके सम्म बिहानमा स म्भोग गर्नु हुँदैन ।

२ ऐना नहेर्नुस्

बिहान उठ्ने बित्तिकै मानिस अल्छी हुन्छ । र मानिसको अनुहारमा आलस्य झल्किन्छ । बिहान उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलस्यको मुद्राले दिनभरि नकारात्मक प्रभाव पार्छ । त्यस कारण उठ्ने बित्तिकै ऐना हेर्ने बानी छ भने आजै देखि छोडिदिनुस् । ऐना हेर्नु भन्दा पहिले हत्केला हेर्नुस् ।

३ बाँदरको नाम नलिनुस्

बिहान उठेर बाँदरको नाम नलिन सुझाव दिन्छन् शास्त्रका ज्ञाताहरू । बिहानै बाँदरको नाम लिँदा दिनमा खाना खान समस्या हुने उनीहरूको भनाइ छ । बिहानमा बाँदरको नाम सके सम्म उच्चारण नै नगर्नुस् ।

४ तेलको भाँडो र सियो धागो नहेर्नुस्

बिहान उठ्ने बित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस् । यी २ बस्तु उठ्ने बित्तिकै हेर्न नहुने शास्त्रीय मान्यता छ । यस्ता सामान राख्दा बिहान उठ्ने बित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्धिमानी हुन्छन् ।

५ घर फोहोर नराख्नुस्

उठ्ने बित्तिकै फोहोर सफा गरिहाल्नुस् । बिहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ । बिहान उठ्ने बित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ । सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?