मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेता धनुषको आगामी फिल्म ‘क्याप्टेन मिलर’को ट्रेलर सार्वजनिक

काठमाडौं । दक्षिण भारतीय अभिनेता धनुषको आगामी फिल्म ‘क्याप्टेन मिलर’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरले कथावस्तुबारे महत्वपूर्ण खुलासा गर्छ । यो फिल्म शुक्रबार नेपालमा पनि प्रदर्शन हुँदैछ ।

यो फिल्ममा धनुषले एक हिंस्रक चरित्रमा अभिनय गरेका छन् जो बेलायती साम्राज्यविरुद्ध संघर्ष गर्छ । प्रशस्तै हिंसाका दृश्यले भरिपूर्ण फिल्मको ट्रेलरमा बन्दुकको गोली, तरवार चलाउने, गोली हानाहान र बम विष्फोट देखाइएको छ ।

धनुषको चरित्रले आफ्नो गाउँ र खानीलाई अंग्रेज साम्राज्यबाट जोगाउन संघर्ष गरेको देखिन्छ । ट्रेलरको अन्त्यतिर गरिएको खुलासा अनुसार उनी बेलायती सेनाको लागि काम गर्ने सिपाही थिए र क्याप्टेन मिलर भनेर परिचित थिए ।

फ्यानले ट्रेलरलाई मन पराउँदै यसको प्रशंसा गरेका छन् । एक प्रयोगकर्ता लेख्छन्– हरेक फ्रेममा गुजबम्प । उनी कथावस्तुमा हावी छन् ।’ अर्को प्रयोगकर्ताले लेख्छन्– एक्शन दृश्यबारे भन्न कुनै शब्द छैनन् । धनुष राष्ट्रिय पुरस्कारको हकदार छन् । यति नै ।’

भारतीय सेन्सर बोर्डले फिल्मभित्र अधिक हिंसा भएपछि ४० प्रतिशत त्यस्ता दृश्य घटाउन निर्देशन दिएको थियो । साथै, बेलायतविरुद्ध प्रयोग गरिएका अपमानजनक शब्द हटाउन पनि सेन्सरले भनेको छ ।

अरुण माथेश्वरनद्वारा निर्देशित ‘क्याप्टेन मिलर’मा प्रियंका अरुल मोहन, शिवराज कुमार, निवेदिता सतीश, विनायकन, र सन्दीप किशन मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?