मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दयाहाङ राई अभिनित ‘गाउँ आएको बाटो’ युरोप प्रिमियर हुने

काठमाडौं – दयाहाङ राई अभिनित ‘गाउँ आएको बाटो’ युरोप प्रिमियर हुने भएको छ । टोरन्टो, बुसान र मुम्बईजस्ता प्रसिद्ध फेस्टिभलपछि दयाहाङ राई अभिनित फिल्म ‘गाउँ आएको बाटो’ फिल्म स्वीडेनको गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको हो ।

नवीन सुब्बा निर्देशित फिल्म स्वीडेनको गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको बताइएको छ । ४७ औं गोटेबर्ग फेस्टिभल जनवरी २६ देखि फेब्रुअरी ४ सम्म आयोजना हुँदैछ । यो फेस्टिभल स्केन्डेभियन क्षेत्रको सबैभन्दा ठूलो महोत्सव मात्र नभएर युरोपको पनि महत्वपूर्ण चलचित्र महोत्सव हो ।

फिल्ममा दयाहाङसहित पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बाको अभिनय छ । निर्माताले विज्ञप्ति जारी गर्दै नेपाली फिल्मलाई विश्वले स्वीकार्न थालेको र क्षमता बिस्तारका रुपमा बुझ्न सकिने प्रतिक्रिया दिएको छ ।

राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको यो फिल्मले गाँउमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा पेश गर्छ । सामुदायिक लगानीको अवधारणामा बनेको फिल्ममा विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीको सामूहिक लगानी छ ।

यो फिल्म छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रोडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । नेपालमा यो फिल्म बाँसुरी फिल्म्सको संयोजनमा आगामी जेठ १८ बाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?