मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हरेक बिहान मनतातो पानी पिउँदा हुन्छ यस्तो फाइदा

काठमाण्डौं– हामीमध्ये धेरैको बिहान उठ्ने बित्तिकै पानी पिउने बानी छ । जुन निकै राम्रो बानी पनि हो ।

कसैको चिसो पानी पिउने बानी हुन्छ भने कसैको उमालेको तातो । तर चिसो र उमालेको तातो भन्दा पनि थोरै तातो अर्थात् मनतातो पानी पिउनु स्वास्थ्यका हिसाबले निकै लाभदायक मानिन्छ ।

हरेक बिहान मनतातो पानी पिउने व्यक्तिको मुखमा रहेको र्‍याल पानीसँगै पेटमा पुग्छ । र्‍यालले पेटमा पुगेर हानिकारक ब्याक्टेरियालाई मार्छ ।

मनतातो पानी पिउनुका फाइदाहरुः
– बिहानै उठेर मनतातो पानी पिउनाले छालाको समस्या हटाउँछ । साथै पाचन प्रणाली पनि स्वस्थ्य बनाउँछ ।
–बिहान मनतातो पानी पिउनाले मिर्गौलालाई बलियो बनाउनुका साथै मिर्गौला सम्बन्धि धेरै समस्याहरु जस्तै किड्नी स्टोनको समस्या पनि हटाउँछ ।
–घाँटी दुख्ने तथा खोकीको समस्या भएका मानिसहरुका लागि मनतातो पानीको सेवन अझ लाभदायक हुन्छ ।
–मनतातो पानीको पर्याप्त सेवनले छाला सुख्खा हुनबाट बचाउनुका साथै कपाल झर्नबाट जोगाउँछ ।
–मनतातो पानी पिउनाले शरीरको तापक्रम वृद्धि भई शरीरबाट पसिना निस्कने र शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्छ ।
–मनतातो पानी पिउनाले जोर्नी मजबुत हुनुका साथै बाथ रोगको जोखिम पनि कम हुन्छ ।
–महिनावारीको समयमा पेट दुखाइको समस्या कम गर्न मनतातो पानी उपयुक्त हुन्छ ।
–बिहान उठ्ने बित्तिकै मनतातो पानी पिउनाले टाउको दुख्ने समस्या कम हुनुका साथै मुख गन्हाउने समस्याबाट पनि छुटकारा मिल्छ ।
–यदि तपाईलाई थकाइ लाग्ने समस्या छ भने बिहान मनतातो पानी पिउने बानी बसाल्नुहोस् मांसपेसीलाई तन्दुरुस्त बनाउन सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?