मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड स्टार गोविन्दासँग छैनन् कुनै फिल्म

काठमाडौं– कुनै बेला बलिउड स्टार गोविन्दालाई फिल्ममा खेलाउनका लागि निर्माता, निर्देशकको लाइन लाग्ने गर्थ्यो ।

समय यस्तो थियो कि, उनले एकै समयमा ४९ वटासम्म फिल्म साइन गरेका थिए । तर अहिले उनी विगत ४ वर्षदेखि कामविहीन भएका छन् ।

गोविन्दा यतिबेला ६० वर्ष पार गरिसकेका छन् । विगतलाई हेर्दा उनको फिल्मी करियर एकदमै राम्रो मानिन्छ । तर उनका हातमा अहिले कुनै फिल्म छैनन् ।

सन् २०१९ को फिल्म ‘रङ्गिला राजा’ पछि उनको कुनै पनि फिल्म आएको छैन । गोविन्दा अहिले फिल्ममा कम ब्याकको प्रयास गर्दैछन् ।

गोविन्दा २१ वर्षको हुँदा कसैले चिन्दैन थिए । त्यही समय एक म्यागजिनले उनको चर्चा गर्दै ‘सुनको अन्डा दिने कुखुरा’ भनेर समाचार छाप्यो ।

त्यसपछि २२ वर्षको उमेरमा उनले ४९ फिल्म साइन गरेका थिए । त्यो बेलामा उनी निकै हिट थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?