मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘ईश्वर’मा सुनिल थापा र पृथ्वीराज अनुबन्धित

काठमाडौं- निर्देशक राजु गिरीले निर्देशन गर्ने फिल्म ‘ईश्वर’को शीर्ष भुमिकामा अभिनेता सुनिल थापा र पृथ्वीराज प्रसाईं अनुबन्धित भएका छन् ।

दिव्या कंगना फिल्मको ब्यानरमा निर्माण हुने फिल्मको आगामी माघ २८ गतेदेखि फिल्म छायांकन हुने निर्देशन गिरीले जानकारी दिए। फिल्मलाई हरिबहादुर थापा र शंकर गिरीले निर्माण गर्नेछन् ।

फिल्ममा शिशिर बाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गीता अधिकारीको अभिनय रहने छ ।

फिल्मको पटकथा तथा संवाद भोजराज देवकोटाले लेखेको छ भने राजेन्द्र बजगाईं र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहने छ । फिल्ममा रामेश्वर हुमागाईंको छायांकन र फिल्मको द्वन्द्व निर्देशक
देव महर्जन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?