मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भिक्षु आङ फुरी शेर्पा भन्छन्– रामबहादुर बम्जन बौद्ध धर्म विरोधी हुन्

काठमाडौं– बौद्ध धर्मका प्रवर्धक एवम् भिक्षु आङ फुरी शेर्माले तपस्वी रामबहादुर बम्जन बौद्ध धर्मालम्बी नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबूकमा पोस्ट गर्दै रामबहादुर बम्जन बुद्ध धर्मको विपरीत सोचका भएका व्यक्ति भएको बताएका हुन् ।

कतिपयले रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ भएको र उनी बुद्धका अवतार भएको विश्वास गर्दै आइरहेका छन् ।

‘धेरैले भ्रममा परर उहाँलाई बुद्ध धर्मालम्बी भन्छन्, उहाँसँग मैले दुई वर्ष नजिक रहेर अनुसन्धान गर्दा बौद्ध धर्मको ठीक विपरीत सोच र गतिविधि पाएँ,’ सामाजिक सञ्जालमार्फत भिक्षु आङ फुरी शेर्पा भन्छन्, ‘उहाँको जति पनि चेलाहरु छन्, सबैलाई बौद्ध दर्शनको पुस्तकहरु फाल्न लगाउने र मूर्तिहरु घरबाट निकाल्न लगाएका छन् ।’

बम्जन बौद्ध धर्म विरोधी भएको उनको दाबी छ ।

तपस्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका बम्जनलाई पाँच वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो । प्रहरी उनको घर पुग्दा बम्जन दोस्रो तलाबाट हाम फालेर भाग्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

बम्जनको निगरानीमा २५ जना प्रहरी परिचालन गरिएको थियव । उनलाई प्रहरीले चारैतिरबाट घेरा हालेर पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बम्जनको आश्रममा छिरेका प्रहरी अधिकारीका अनुसार उनले आफ्ना लागि आश्रमभित्र स्वीमिङ पूल, जिमखानादेखि अन्य धेरै निजी सुविधा सम्पन्न हल निर्माण गरेका थिए ।

छापा मार्दा ३ करोड ३० लाख ७५ हजार रुपैयाँ बरामद भएको सीआईबीले जानकारी दिएको छ। उनको घरबाट १५ वटा मोबाइल, ल्यापट र ३० वटाभन्दा बढी पेन ड्राइभ पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?