मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दिपकको प्रश्न :- जोगीको घरमा ३ करोड हुन्छ, भने भोगीको घरमा कति होला ?

काठमाडौं- कलाकार दीपकराज गिरी समसायिक बिषयमा टीकाटिप्पणी कारण बेला बेला चर्चामा आइरहन्छन । कलाकार गिरीले देशको राजनीतिकदेखि प्राय सबै विषयमा बेला बेलामा गर्ने टिप्पणी चोटिलो हुने गर्छ ।

पछिल्लो समय रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोडभन्दा बढी नगद बरामद गरेपछि उनले सामाजिक सञ्जाल मार्फत सोही बिषयमा पनि टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘पैसा कहाँ गयो ? पैसा कहाँ गयो ? अर्थविद्हरू चिन्ता गर्दथे क्यार । जोगीको घरमा ३ करोड हुन्छ, भने भोगीको घरमा कति होला ? बम्जनको घरबाट भेटिएको ३ करोडको विषयलाई लिएर कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल मार्फत व्यङ्ग्य गरेका छन् । उनले ‘जोगीको घरमा ३ करोड हुन्छ, भने भोगीको घरमा कति होला ?’ भनेर प्रश्न उठाएका छन् । उनले भोगी भनेर कसलाई भन्न खोजेको हो त्यो भने खुलाएको छैनन् ।

मंगलबार पक्राउ परेका कथित ’तपस्वी’ रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोडभन्दा बढी नगद बरामद गरेको छ । बरामद नगद ५ सय र १ हजार दरका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई मंगलबार पक्राउ गरेको थियो भने, आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । उनलाई आजै जहाजबाट जनकपुर हुँदै सर्लाही लैजाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?