काठमाडौं – काठमाडौंको हात्तीगौंडाबाट मंगलबार साँझ पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आज सार्वजनिक गरेको छ ।
बुधबार सीआईबीले पत्रकार सम्मेलन गर्दै उनले ल्यान्डक्रुजर-जेडएक्स किन्नका लागि ३ करोड रुपैयाँ सोरुमलाई बुझाइसकेको पनि जनाएको छ । उनको प्रयोगका लागि धुम्बाराहीमा रहेको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडमा सेतो रङको ल्यान्डक्रुजर किन्नका लागि ५ करोडमा बुकिङ गरिएको थियो ।
उक्त गाडी ललितपुर महानगरपालिका वडा नं। २२ बुङमतीका ४५ वर्षीय पनित महर्जनको नाममा किन्न खोजिएको थियो । महर्जन बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष हुन् । त्यस्तै बम्जनले क्रसफायर, केटीएम ड्युक मोटरसाइकल र यामाहा रे जेडआर स्कुटरसमेत प्रयोग गर्ने गरेको खुलेको छ ।
बम्जनले चढ्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर पनि प्रहरीले बरामद गरेको छ। सोमबार साँझ प्रहरी पुगेको सूचना पाएपछि बम्जन घरबाट हामफालेर भाग्न लाग्दा सीआईबीको टोलीले उनलाई पक्राउ गरेको थियो। बम्जनलाई आजै साँझ पक्राउ परेका बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया