मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड स्टार ऋतिक रोशनले छोडेका थिए यी पाँच ‘ब्लकबस्टर’ फिल्म

मुम्बई– बलिउड अभिनेता ऋतिक रोशनले आज आफ्नो जन्मदिन मनाइरहेका छन् । यो महिना उनका लागि विशेष पनि छ । केही समयपछि उनको फिल्म ‘फाइटर’ प्रदर्शनमा आउँदैछ ।

ऋतिक रोशनले आफ्नो करिअरमा कैयन् हिट फिल्म दिएका छन् । तर, उनले केही यस्ता सुपरहिट फिल्मको अफर पनि रिजेक्ट गरेका छन् कि, यदि ती फिल्ममा अभिनय गरेको भए उनको करिअर अझै उचाइमा पुग्थ्यो ।

स्वदेश
शाहरुख खानको फिल्म ‘स्वदेश’ पहिले ऋतिक रोशनलाई प्रस्ताव गरिएको थियो । उनको स्किृप्ट पढेर यो फिल्म गर्न मानेनन् । उनका अनुसार उक्त फिल्मका लागि आफू सही पात्र थिएनन् ।

रंग दे बसन्ती
आमिर खानको करिअरकै उत्कृष्ट फिल्म रंग दे बसन्ती पहिले ऋतिक रोशनलाई प्रस्ताव गरिएको थियो । तर, ऋतिकसँग यो फिल्ममा अभिनय गर्ने समय थिएन ।

दिल चाहता है
फरहान अख्तरको फिल्म ‘दिल चाहता है’ पनि यो लिस्टमा छ । यो फिल्मलाई फरहानले ऋतिकलाई दिमागमा लिएर लेखेका थिए । पछि उनले फिल्ममा अभिनय गर्न इन्कार गरे ।

मे हुँ ना
फिल्म ‘कभी खुशी कभी गम’ पछि शाहरुख खान र ऋतिकलाई ‘मे हुँ ना’ मा प्रस्ताव गरिएको थियो । तर, ऋतिकले फिल्ममा अभिनय गर्न इन्कार गरे ।

पिंक प्यान्थर २
ऋतिक रोशन र ऐश्वर्या रायको जोडी बलिउडमा रुचाइएको थियो । ‘पिंक प्यान्थर २’ मा ऐश्वर्याका अलावा ऋतिकलाई पनि अफर गरिएको थियो । आफ्नो व्यस्तता देखाउँदै ऋतिकले समय दिन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?