मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बम्जनको घरबाट १७ देशका विदेशी मुद्रा बरामद

काठमाडौं । नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान ब्युरोले तपस्वी रामबहादुर बम्जनको घरबाट १७ देशका विदेशी मुद्रा फेला परेको छ । ब्युरोले बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौंडाबाट मंगलबार पक्राउ परेका बम्जनको घरमा छापा मार्दा १७ देशका विदेशी मुद्रा फेला परेको हो।

बम्जनको घरबाट प्रहरीले नेपाली रकम ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ बरामद गरेको छ। बम्जनको घरबाट विदेशी मुद्रा र नेपाली गरी ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद भएको गरेकाे छ ।

सीआईबीको टोलीले उनलाई मंगलबार बूढानीलकण्ठको हात्तीगौडाबाट पक्राउ गरेको थियो । पक्राउ परेका बम्जनलाई आजै सार्वजनिक गरिएको छ ।

पक्राउ परेका बम्जनसँग तीनवटा मोटरसाइकलका बिलबुक, टोयोटा हाइलक्स गाडीको चाबी, विभिन्न ब्रान्डका पेनड्राइभ २० वटा, भ्वाइस रेकर्डर, दुईवटा ल्यापटप, विभिन्न ब्रान्डका मोबाइल, आइप्याड र ट्याब पाँचवटा, विभिन्न कागजात फेला परेको छ ।

त्यसैगरी तुलाराम तामाङको नाममा रहेको टोयोटा फर्च्युनर गाडी उनी चढ्ने गरेको पाइएको छ । त्यसैगरी सेतो रंगको ल्यान्ड क्रुजर जेड एक्स गाडी पाँच करोडमा बुक गरिएको र तीन करोड नगदै भुक्तानी गरिएको पाइएको छ । त्यसैगरी क्रसफायर बाइकसहित चारवटा मोटरसाइकल पनि बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?