मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रामबहादुर बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक, छिट्टै सर्लाही पठाउने तयारी

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ ले तपस्वी रामबहादुर बम्जनलाई हत्कडीसहित सार्वजनिक गरेको छ । मंगलबार हात्तिगौँडाबाट उनलाई पक्राउ गरेको सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनीमाथि व्यक्ति बेपत्ता, बलात्काल लगायतका आरोप छ ।

बम्जनको साथबाट नेपाली रुपैयाँ ३ करोड ४ लाख, अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनिीया युआन ५ लाखभन्दा बढी बरामद गरेको प्रहरीको भनाइ छ ।

साथै अष्ट्रेलियन डर, युरो, क्यानेडियन डलर, डेनिस कर्नर, इन्डोसियन रुपैयाँ, मलेसियन रिंगेट, कोलम्बियन पेसो, इजरायली न्यू सकेकल, थाई भाट, यूएई दिराम, साउदी अरबियन रकम, भुटानी र सिंगापुरको पैसा पनि भेटिएका छन् । सीआईबीले बम्जनलाई उनीविरुद्ध उजुरी परेको छिट्टै सर्लाही पठाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?