काठमाडौँ – दयाहाङ राई अभिनित चलचित्र ‘गाउँ आएको बाटो’ गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ ।
टोरन्टो, बुसान र मुम्बईजस्ता प्रसिद्ध फेस्टिभलपछि फिल्म ‘गाउँ आएको बाटो’युरोपको गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२४ मा प्रिमियर हुने भएको हो ।
नवीन सुब्बा निर्देशित यो फिल्म भोएज क्याटेगोरीअन्तर्गत छनोट भएको छ । महोत्सव २०२४ जनवरी २६ देखि फेब्रुवरी ४ सम्म चल्नेछ।
यो फेस्टिभल स्केन्डेभियन क्षेत्रको मात्रै नभएर युरोपको पनि महत्त्वपूर्ण चलचित्र महोत्सव हो ।
‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, प्रसन राई ,केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय छ ।
राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रमा गाँउमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई समेटिएको छ ।
चलचित्र ०८१ जेठ १८ बाट प्रदर्शनमा आउनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया