मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिचर डकुमेन्ट्री फिल्म ‘ढोरपाटन’पुस २७ देखि हलमा

काठमाडौं –  फिचर डकुमेन्ट्री फिल्म ‘ढोरपाटन’ आगामी पुस २७ देखि प्रदर्शनमा आउने भएको छ ।

साल्पा फिल्म्सले उक्त फिल्मको व्यावसायिक प्रदर्शनको घोषणा गरेको हो । निर्माताद्वारा जारी विज्ञप्तिमा पुस २७ देखि प्रत्येक बेलुका ५ बजे यसको प्रदर्शन हुने उल्लेख छ ।

युरोप र एसियाका प्रसिद्ध अन्तर्राष्ट्रिय फेस्टिभलमा ‘नो विन्टर होलिडेज’ नामले चिनिएको यो डकुमेन्ट्री काठमाडौंको सीडीसी हलमा रिलिज हुन लागेको हो ।

यसको विश्व प्रिमियर बेलायतको सेफिल्ड डकफेस्टमा भएको थियो । एसिया प्रिमियर दक्षिण कोरियाको डीएमजी डक्समा भएको थियो ।

तिहारअघि भारतको हिमाञ्चल प्रदेशको धर्मशाला अन्तर्राष्ट्रिय फेस्टिभल र कोलकातामा समेत यसको स्क्रिनिङ भएको थियो । हालै कजाकस्तानमा आयोजित पहिलो अल्टरनेटिभ फिल्म अवार्डमा ‘नेटिभा’ श्रेणीमा पुरस्कृत भएको थियो ।

नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यसले सर्वोत्कृष्ट वृत्तचित्रको पुरस्कार जितेको थियो । यो फिल्मलाई कठेत र सुनिर पाण्डेले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?