मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनमोल स्टारर फिल्म ‘फर्की फर्की’ को ८० प्रतिशत छायांकन सकियो, झण्डै ४ करोड लगानी

काठमाडौं– अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म ‘फर्की फर्की’ को ८० प्रतिशत छायांकन सकिएको छ ।

निर्माता रोहित अधिकारीले जोय नेपाललाई दिएको जानकारी अनुसार बाँकी फिल्मको छायांकन आउँदो आइतबारदेखि काठमाडौंमा गरिनेछ । साथै उक्त फिल्मलाई अन्नपूर्ण बेसक्याम्प लगायतका स्थानमा छायांकन गरिनेछ ।

फिल्मलाई इन्डोनेसियाको बालीमा समेत छायांकन गरिने निर्माता रोहित अधिकारीले जानकारी दिए ।

यो फिल्म झण्डै ४ करोड लगानीमा निर्माण हुने निर्माता अधिकारीले बताए । ‘फिल्मको लगानी ४ करोड पुग्ने भयो, ३ करोडमाथि खर्च भइसकेको छ, बाँकी शूटिङको काम पनि छ,’ उनले जोय नेपालसँगको कुराकानीमा भने ।

फिल्ममा अनमोल केसीका अलावा जसिता गुरुङ, समृद्धि अर्याल, रवि काफ्ले, कृष्ण मल्ला, निर्मल शर्मा, विन्दा खतिवडा लगायतका कलाकारको अभिनय रहनेछ ।

यस्तै फिल्ममा सुयोग गुरुङको निर्देशन रहनेछ भने रोहित अधिकारी र ओम अग्रवालको लगानी रहनेछ ।

फिल्म आगामी वर्षको जेठ ११ गते नेपालभर एकसाथ प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?