मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु 

अहिलेका युवापुस्ता माझ निकै परिचित नाम हो ग्रीन टि । यसको स्वाद चिया जस्तो ट्वाक्क जिब्रोमा लाग्ने त हुँदैन तर पनि स्वास्थ्यको हिसाबले लाभदायी भएका कारण धरैको राेजाईमा परिरहेको छ ग्रीन टि ।

एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो ग्रीन टि । जुन स्वास्थ्य र सौन्दर्य दुवैको लागि लाभदायक छ । 

साथै ग्रीन टि मा यस्तो पोषक तत्व पाइन्छ,जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसमा एपिगलोकेटिशन–३गलेट पाइन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिँदैन । यसले रक्तचाप नियन्त्रण गर्नका साथै शरीरमा बोसो जम्न पनि दिँदैन । 

जानेर होस् या नजानेर अहिले प्रायजसो मानिसहरू ग्रीन टि पिउन रुचाउँछन् । तर कति बेला पिउने ?यसको खाने तरिका कस्तो हो ? कस्ता व्यक्तिहरूले खान हुँदैन भन्ने सन्दर्भमा भने आम मानिसले हेक्का राखेको पाइँदैन । जुन सबैले बुझ्न जरुरी छ ।

कस्ता व्यक्तिहरूले पिउनु हुँदैन ग्रीन टि?

–बिहान खाली पेटमा ग्रीन टि पिउनुहुन्न । खाली पेटमा ग्रीन टी सेवन गर्नाले एसिडिटीको समस्या समेत पैदा हुन्छ । 

–खाना खाने समयमा अथवा खानासँगै ग्रीन टि पिउनुहुन्न । 

– गर्भवती अथवा स्तनपान गराइरहेका महिलाले ग्रीन टी पिउनु हानिकारक हुन्छ । ग्रीन टि सेवन गर्दा गर्भमा हुर्किरहेको शिशुलाई नकारात्मक प्रभाव पर्छ । 

–नसासम्बन्धी समस्या भएका र औषधी सेवन गरिरहेका व्यक्तिले ग्रीन टिको सेवन गर्नु हुँदैन । सेवन गरेमा उच्च रक्तचापको समस्या हुनसक्छ ।

–मृगौला रोग, मुटु रोग र पेटको अल्सरको समस्या भएकाले पनि यसको सेवन गर्नुहुँदैन ।

–मनोवैज्ञानिक समस्या भएका व्यक्तिहरूले पनि ग्रीन टि पिउनु हुँदैन । 

–कलेजोको रोग, एनीमिया,र मधुमेहबाट पीडित व्यक्तिहरूले पनि यसको सेवन गर्नुहुँदैन ।  

– ग्रीन टि को सेवन धेरै मात्रामा गर्नु हुँदैन । सकेसम्म दिनमा एक ग्लास मात्रै सेवन गर्नु उत्तम हुन्छ । 

– ग्रीन टि को सेवन बिहान खाली पेटमा गर्नु हुँदैन ।र सकेसम्म दिनमा एक पटक मात्रै पिउने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?