वास्तुशास्त्र प्राचीन विश्वको शास्त्र मध्ये एक हो । जसमा दिशा अनुकुल घर, अफिस वा कुनै पनि निर्माणका विषयमा विस्तृत जानकारी दिइएको हुन्छ । वास्तु शास्त्रको सिद्धान्तले व्यक्तिको जीवनमा सन्तुलन बनाइराख्न मद्दत गर्दछ ।
साथै नकारात्मक ऊर्जा नष्ट गरेर घरमा सकारात्मक ऊर्जाको सञ्चार गर्दछ । यसका अलावा दैनिक जीवनमा प्रयोग हुने सामग्रीलाई कसरी राख्ने त्यसबारे पनि उल्लेख गरिएको छ । जसअनुसार भुइँमा राख्नै नहुने केही सामग्री यस्ता छन्–
कौडा र सीपी
सनातन धर्मअनुसार समुन्द्र मन्थनका बेला जुन ६४ रत्नको उत्पत्ति भएको थियो । कौडालाई माता लक्ष्मीको पूजामा प्रयोग हुने कौडा र सीपी कुबेरको प्रतिनिधि मानिन्छ । शास्त्रीय मान्यता अनुसार यसलाई भुइँमा राख्दा धन सम्बन्धी समस्या हुन सक्छ ।
शिवलिंग र शालिग्राम
यदि घरको मन्दिरमा शिवलिंग र शालिग्राम छ भने यसलाई भुइँ (जमीन) मा राख्नु हुँदैन । मन्दिर सफा गर्दा धेरैले यस प्रकारको गल्ती गर्दछन् । शिवलिंग र शालिग्रामलाई भुइँमा राखेमा जीवनमा संकट आउने धार्मिक मान्यता छ ।
फूलको माला, शंख र तुलसी
पूजापाठका साथै अन्य शुभ कार्यमा प्रयोग हुने फूलको माला, शंख, दियो, तुलसीको पत्ता, कपूर आदि पनि भुइँमा राख्नु हुँदैन । यी सामग्री भुइँमा राख्दा अशुभ हुने वास्तुको मान्यता छ ।
रत्न र आभूषण
वास्तुशास्त्र अनुसार सुन, चाँदी, हीरा, मोती, पन्ना लगायतका बहुमूल्य धातु, रत्न र आभूषण पनि भुइँमा राख्नु हुँदैन । यसो गर्नु ती रत्न र आभूषणको अपमान मानिन्छ भने घरमा धन नटिक्ने मान्यता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया