मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिल्यै तोडेकी थिइन रश्मिकाले इन्गेजमेन्ट

काठमाडौँ– दक्षिण भारतीय चलचित्र हुँदै बलिउड यात्रा गरेकी रश्मिका मन्दन्ना व्यक्तिगत कारणले चर्चामा छिन् ।

पछिल्लो चलचित्र ‘एनीमल’ पछि सुपरहिट चलचित्र दिने नायिकाका रूपमा चर्चित उनी फेब्रुअरीमा हुन लागेको इन्गेजमेन्टले खबर सामग्री बनिरहेकी छिन् ।

भारतीय मिडियाहरूले दाबी गरे अनुसार उनी दक्षिण भारतीय नायक विजय देवरकोंडासँग इन्गेजमेन्टको तयारीमा छिन् । 

पछिल्लो समय चाडपर्वको अवसरमा विजयका घरमा बढेको रश्मिकाको आवतजावतले समेत यो दाबीलाई बल पुर्‍याउदा उनीहरू विभिन्न स्थानमा बिदा मनाएको प्रेमिल तस्बिरहरू पनि सामाजिक सञ्जालमा हालिरहेका हुन्छन् ।
यद्यपि उनीहरूले यसबारेमा धारणा सार्वजनिक गरेका छैनन् ।

पहिल्यै भएको थियो रश्मिकाको इङ्गेजमेन्ट 

सन् २०१६ मा प्रदर्शनमा आएको फिल्म ‘किरिक पार्टी’बाट रश्मिकाले डेब्यू गरेकी हुन् । फिल्ममा उनी साउथ फिल्मका चर्चित नायक रक्षित शेट्टीको अपोजिटमा देखिएकी थिइन् ।

भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार फिल्मपछि उनीहरूको निकटता बढेको थियो । उनीहरू एक वर्षसम्म प्रेममा रहे ।

सन् २०१७ मा उनीहरूको सम्बन्धलाई थप उचाइ दिने निर्णय गरे र धुमधामका साथ इन्गेजमेन्ट गरे । उक्त समारोहको तस्वीर रश्मिकाले इन्स्टाग्राममार्फत सार्वजनिकसमेत गरेकी थिइन् । तर उनीहरूले विवाह भने गरेनन् ।

किन तोडिन् इङ्गेजमेन्ट ?

रश्मिका इङ्गेजमेन्टको दौरानमा २२ वर्षकी थिइन् । रक्षित भने उनीभन्दा १४ वर्ष बढी उमेरका थिए । इङ्गेजमेन्टको केही समयपछि नै यो जोडीबीच बेमेल उत्पन्न भयो र इन्गेजमेन्ट तोडियो ।

यसबारेमा यो जोडीले सार्वजनिकरूपमा भने प्रतिक्रिया दिएको छैन । तर उनीहरूको दुई परिवारबीच विवाद उत्पन्न भएकाले सम्बन्ध टुटेको बुझिएको छ । सम्बन्धसमेत सुमधुर भएर अगाडि बढ्न नसकेकाले उनीहरूले सो निर्णय गरेका हुन् ।

यो जोडीले दुवै परिवारको सहमतिमा सम्बन्ध तोडेको भारतीय मिडियाहरूको दाबी छ ।

रश्मिका निकट स्रोतका अनुसार उनी सम्बन्ध टुट्दा निकै विक्षिप्त बनेकी थिइन् । स्रोतको दाबीअनुसार यो घटना लुकाउन उनले दोहोरो चरित्रसमेत देखाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?